काठमाडौँ– निजी वायुसेवा कम्पनी बुद्ध एयरले थप एक एटीआर विमान भित्र्याएको छ।
७२ सिट क्षमताको एटीआर ७२-५०० सिरिजको जहाज काठमाडौँ ल्याइएको हो।
योसँगै एटीआर-७२ सिरिजको विमान संख्या बुद्धसँग १५ थान पुगेको छ।
नयाँ विमानले साउनदेखि नियमित उडान सुरु गर्ने बुद्ध एयरले जनाएको छ।
योसँगै बुद्धसँग ४७ सिट क्षमताका तीन थान एटीआर-४२-३२० र १५ थान एटीआर ७२-५०० सिरिजका विमान भएका छन्।
नयाँ विमानलाई धनगढी र सुर्खेतका लागि उडाउने तयारी गरिएको छ। हाल बुद्धले धनगढी तथा सुर्खेतमा दैनिक दुई उडान भइरहेको छ।
बुद्धले आन्तरिकतर्फ दैनिक सरदर १५० उडान गरिरहेको छ।



