काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कम्युनिस्ट पार्टीलाई एकताबद्ध बनाउनुपर्ने बताएका छन्।
शनिबार पुष्पलाल जयन्तीका अवसरमा आयोजना गरिएको कार्यक्रममा सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन्।
‘कम्युनिस्टहरुलाई एकताबद्ध हुनुपर्छ तर पहल गर्ने मान्छे चाहिँदोरहेछ। हामी त्यसै गुनासो मात्रै गरेर बस्यौं भने केही पनि हुँदैन,’ उनले भने, ‘ अहिले पनि अलगअलग कोणहरु पनि छन्, बसौं छलफल गरौं।’
नेपालले पुष्पलालले पहल गरेर कम्युनिस्ट पार्टी बनाएको सम्झिएका थिए। पुष्पलाले पनि विद्रोह गरेर अर्को पार्टी गठन गरेको पनि उनले स्मरण गरे।
‘उहाँले नयाँ पार्टी गठन गरेपछि नयाँ स्थिति सुरु भयो,’ नेपालले भने, ‘माओवादी जनयुद्धको छुट्दै अनुभव छ हाम्रो छुट्टै छ।’
जनवादी गणतन्त्रको समय घर्किएकाले अब समाजवादी गणतन्त्रको लय पक्रनुपर्ने उनको भनाइ थियो।


