काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा कुराकानी गर्दै ओलीले राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरेका हुन्।
शान्ति प्रक्रियालाई टुंगो लगाउनका लागि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने ओलीको प्रस्ताव छ।
ओलीले शान्ति प्रक्रियासहित सबै समस्या समाधानका लागि आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरेको ओलीनिकट स्रोतको दाबी छ।
‘शान्ति प्रक्रियालगायतका सबै समस्या समाधान गर्न राष्ट्रिय सहमतिको सरकारको आवश्यकता छ,’ अध्यक्ष ओलीलाई उद्धृत गर्दै स्रोतको दाबी छ, ‘यसका लागि सबैलाई सहमतिमा ल्याउन एमालेले नेतृत्व गर्छ।’
ओलीको प्रस्तावपछि प्रचण्डले माओवादी-एमाले गठबन्धनबाटै प्रधानमन्त्री बन्न अफर गरेका थिए।


