काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट प्रतिनिधित्व गरेका मन्त्रीलाई आफ्नो निवास बोलाएका छन्।
मन्त्रीहरूलाई अध्यक्ष ओलीले बालकोट बोलाएका हुन्। एमालेका एक मन्त्रीका अनुसार अध्यक्ष ओलीले सोमबार साँझ बालकोट बोलाएका हुन्।
उता नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा एमालेसँगको छलफल सकारात्मक रूपमा अघि बढेको बताएका छन्।
बुढानीलकण्ठस्थित देउवाको निवासमा सोमबार बसेको बैठकमा देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएका छलफल सकारात्मक दिशामा अघि बढेको ब्रिफिङ गरेका हुन्।
शनिबार देउवा र ओलीबीच झन्डै तीन घण्टा छलफल भएको थियो। उक्त छलफलमा सत्ता सहकार्यसम्मका विषयमा छलफल भएको विषयमा चर्चा भइरहेको छ।


