काठमाडौँ- पूर्वमन्त्री जीतेन्द्रनारायण देव नेपाली कांग्रेस परित्याग गरी आज नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन्।
एमाले केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीले नेता देवसहित विभिन्न पार्टी परित्याग गरेका नेतालाई पार्टीमा प्रवेश गराएका हुन्। नेता देव पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीका साथै पूर्वसांसद छन्। केही समय एमालेमै रहनुभएका नेता देव नेपाली कांग्रेसअघि उनी मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)मा आवद्ध थिए।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ उपाध्यक्ष अकबाल अहमद साह पनि एमालेमा प्रवेश गरेका हुन्। पार्टी प्रवेश कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोख्रेल र उपमहासचिव प्रदीप ज्ञवालीलगायत सहभागी थिए।
प्रकाशित: २०८१ असार १७ गते सोमबार ०८:३९