काठमाडौँ- सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।
आज सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले सोमबार र बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी हुन्।
सोमबार सिंहदरवारमा बसेको क्याबिनेट बैठक बिहीबार बालुवाटारमा बसेको थियो।
सोमबार एमालेका मन्त्रीहरू पनि सहभागी भएको बैठक बिहीबार एमालेका मन्त्रीहरूले राजीनामा दिइसकेका थिए।
सोमबार बहुमतमा रहेको सरकार बिहीबार अल्पमतमा परिसकेको थियो।
सरकार बहुमतमै रहेका अवस्थामा गरिएका २० वटा निर्णय बहुमत गुमेपछि सार्वजनिक भएका हुन्।
दुवै बैठकले २६ वटा निर्णय गरेको थियो।





