२०८३ कार्तिक २२ गते शनिवार

संसदमा गीतबाटै सवाल-जवाफ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २४
parliament-24
फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बिच यही असार १७ गते नयाँ सहमति भएपछि राष्ट्रिय सरकार निर्माण गर्ने तयारीसँगै मुलुकको राजनीति तरङ्गीत बनेको छ। उक्त सहमतिलगत्तै सत्तासाझेदार एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षी बेञ्चमा बसेको छ।

एमालेले आफ्ना मन्त्रीहरूको राजीनामा बुझाउन प्रधानमन्त्री निवास बालुवाटार जाँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गायक फत्तेमानराज भण्डारीको एउटा गीतको हरफ एमालेका मन्त्रीहरूलाई सुनाएका थिए। ‘यस्तो पनि हुँदो रैछ जिन्दगीमा…!’ सोही प्रसङ्ग उल्लेख गर्दै एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले प्रतिनिधि सभाको साेमबारको बैठकमा जवाफी गीत सुनाए।

बैठकको विशेष समयमा प्रमुख सचेतक बर्तौलाले वर्तमान सरकारलाई नेकपा एमालेले दिएको समर्थन फिर्ता लिएको सन्देश लिएर मन्त्रीहरूले राजीनामा बुझाउने क्रममा प्रधानमन्त्रीले फत्तेमानराज भण्डारीको गीत सुनाएको स्मरण गराउँदै जवाफमा गायिका अञ्जु पन्तको ‘तिमिले पराई ठानेपछि, पराई हुन के भयो र तिम्रो मेरो बिचको नाता हुनुपर्ने के रह्यो र …!’ गीत सुनाए।

प्रतिनिधिसभाको आइतबार र साेमबार भएको बैठकमा सांसदहरुले गीतमार्फत विम्ब प्रहार गरिरहेका छन्। आइतबारको बैठकमा सांसद सुनील शर्माले गायक रामकृष्ण ढकालको गीत ‘छल गर्‍यो मायाले…सबैको देख्छु हाँसो र खुसी शिखरको बाटोमा आफूत…! गाएका थिए। बैठकमा सांसदहरुले दलीय प्रतिनिधित्व गर्दै एक अर्कालाई साङ्गीतिक झटारो प्रहार गरिरहेका छन्।

विशेष समयमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सांसद पूर्णबहादुर घर्तीले गायिका कुन्ति मोक्तानको ‘कति जल्छौँ आरिसले अझै जल्दै गर, मत हिँड्छु मेरै बाटो खुट्टा तान्दैगर’ सुनाए। उनले बैठकमा गीतको बिम्ब प्रस्तुत गरिएकाले आफूलाई पनि गीतको हरफ आएको भन्दै राजनीतिमा सरकार फेरबदल भइरहनु सामान्य कुरा भएको बताए। उनले यसलाई कुनै पनि राजनीतिक दलले अन्यथा लिन नहुने धारणा राखे।

राष्ट्रिय सहमति गर्ने विषयलाई पार्टीले सदैव सकारात्मक रूपमा लिएको भन्दै संविधान निर्माणदेखि पछिल्ला सरकार गठनमा पनि सहकार्य र सहमति गर्दै अघि बढेको सांसद घर्तीले बताए। उनले संविधान संशोधनका लागि राष्ट्रिय सहमति गरेर अगाडि बढ्न सकिने धारणा राखे।

प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ
एमालेका प्रमुख सचेतक बर्तौलाले एमालेले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुपर्ने विचार राख्दै आएको बताउँदै कांग्रेससँग उक्त विषयमा विचार मिलेकाले सरकारबाट बाहिरिएको बताए। उनले भने, ‘संसद्का दुई ठूला दल मिलेर मुलुकको वर्तमान सङ्कटलाई निकासा दिन राष्ट्रिय सरकार निर्माणको आकाङ्क्षा बोकेर समझदारी गरेका हौँ।’

प्रमुख सचेतक बर्तौलाले सरकार अल्पमतमा परिसकेकाले वर्तमान प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने धारणा राखे। उनले संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठन हुने बताए।

सांसद बर्तौलाले संसद्मा दुई पार्टीबिचको सहमतिबारे विभिन्न टीकाटिप्पणी भइरहेको भन्दै कांग्रेस र एमालेले मुलुकमा विद्यमान समस्या समाधानको सङ्कल्पगरी सहकार्य गर्न लागेकाले यसमा सबैले सहयोग गर्नुपर्ने बताए। उनले अङ्कगणितीय हिसाबले नभई राष्ट्रिय सहमतिबाट संविधान संशोधन गरेर विद्यमान समस्या समाधानमा सम्बोधन गरिने बताए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले संविधानको प्रावधानअनुसार नै सरकार गठन प्रक्रिया अगाडि बढाउन राजनीतिक दललाई आग्रह गरे। उनले संवैधानिक व्यवस्थाअनुरुप वर्तमान सरकारले आफ्नो समय उपयोग गरेको जिकिर गरे। सांसद झाले संविधान र संसदीय प्रणालीको अभ्यास सबै दलले गर्नुपर्नेमा जोड दिँदै अहिलेको सङ्कटलाई समाधान गर्न सबै गम्भीर हुनुपर्ने धारणा राखे।

विपद् व्यवस्थापनको तयारीबारे सदनलाई जानकारी दिन माग
नेपाली कांग्रेसका सांसद प्रतिमा गौतमले मुलुकभर बढी, पहिरो, डुबानलगायत प्राकृतिक प्रकोपजन्य घटना बढिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराइन्। उनले विपद् व्यवस्थापन गर्न सरकारले के तयारी गरिरहेको छ सदनलाई जानकारी गराउन माग गरिन्।

सांसद गौतमले मनसुन सुरु भएसँगै विपद् जुनसुकै बेला आउनसक्ने भएकाले पूर्वतयारीका लागि सरकारले गरेका काम र योजनाबारे दलाई जानकारी गराउनुपर्नेमा जोड दिइन्। उनले हरेक वर्ष विपद् आएपछि मात्रै तयारी थाल्ने गरिएकाले भन्दै विपद् व्यवस्थापनका लागि दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्नुपर्ने माग गरिन्।

‘बाढीपहिराले देश आक्रान्त बनेको छ। मानवीय र भौतिक सम्पत्तिको क्षति भएका छन्। पीडित नागरिकले राहत नपाएर सास्ती बेहोर्नुपरेको छ’, सांसद गौतमले भनिन्, ‘नदी किनार क्षेत्रमा बसोबास गर्ने जनताले वर्षात्को समयमा निकै सास्ती बेहोर्नुपरको छ। उद्धार राहत र क्षतिपूर्तिलाई प्रभावकारी बनाउन सरकारसमक्ष माग गर्दछु।’

प्रकाशित: २०८१ असार २४ गते सोमबार ०५:५२
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

तिहार सुरु, कागको पूजा गरेर मनाइँदै

काठमाडौं। हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो तथा महत्त्वपूर्ण चाड तिहार अर्थात् यमपञ्चक आजदेखि सुरु भएको छ। तिहारको पहिलो दिन आज घर–घरमा कागको पूजा गरी काग तिहार मनाइँदै छ। कार्तिक कृष्ण...

बीमा प्राधिकरणका अध्यक्षको जिम्मेबारीः कानूनमा आधारित स्वतन्त्र, सक्षम र विश्वसनीय नियामक

बीमितको हकहित संरक्षण, वित्तीय अनुशासन, प्रभावकारी जोखिम व्यवस्थापन र नियामकीय निष्पक्षता त्यसका अनिवार्य आधार हुन्।

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।

तिहारमा पाँच लाख पाला बजारमा पठाइँदै, माटो अभावले उत्पादनमा चुनौती

काठमाडौँः तिहारमा माटोका पालाको माग बढेसँगै भक्तपुरका कुमाले समुदायलाई उत्पादन र बिक्रीको चटारो छ । गत वर्षको तुलनामा यस वर्ष माटोका पाला बढी बजारमा पठाइएको व्यवसायीले बताएका छन् । तर, मागअनुसार...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना