२०८३ कार्तिक २२ गते शनिवार

भएको पैसा खर्च गर्न नसक्दा अर्थतन्त्रमा सुधार आएन !

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २६
sfd

नवलपुर (नवलपरासी)- देशमा भएको पैसा खर्च गर्न नसक्दा अर्थतन्त्र सुधार हुन नसकेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।

नवलपरासी (बर्दघाट–सुस्तपूर्व) को गैँडाकोटस्थित विजय विकास स्रोत केन्द्रको ४६औँ स्थापना दिवसको अवसरमा आज आयोजित ‘सहकारी सुशासनः असल अभ्यास, चुनौती र आगामी बाटो’ विषयक सहकारी संवादमा विज्ञहरूले देशको पुँजीगत बजेट पर्याप्त खर्च नहुँदा अर्थतन्त्र सुधार हुन नसकेकामा चिन्ता व्यक्त गरेका हुन्।

काठमाडौँ विश्वविद्यालयका रजिष्ट्रार एवं अर्थशास्त्री प्रा डा अच्युत वाग्लेले पुँजीगत खर्च हुन नसक्नु देश विकासका लागि चुनौतीपूर्ण भएको बताए। “सरकारले बजेटको करिब १८ प्रतिशत रकम विकास खर्च छुट्याउँछ त्यसको पनि बल्लबल्ल ४० प्रतिशत मात्रै खर्च हुन्छ, अर्थतन्त्रको सुधार हुननसक्नुको मुख्य कुरा यही हो”, उनले भने। नागरिकले राज्यसँग आशा गर्न छोडेकाले विदेशीने क्रम निरन्तर बढ्दैगएको भन्दै डा वाग्लेले अब राज्यले आशा जगाउने गरी काम गर्नसक्नुपर्ने बताए।

संस्थागत विकास एवं सुशासनविज्ञ नम्रता शर्माले साहु महाजन र ढुकुटीजस्ता प्रथामा भित्रिएको विकृतिका कारण अर्थतन्त्रमा समस्या आएको बताइन्। आमनागरिकमा वित्तीय साक्षरता नपुग्दा धेरै नागरिक सहकारीमा ठगिन पुगेका पनि उनको भनाइ छ। सहकारीले साँच्चिकै समुदायका लागि काम गरेको छ कि छैन भनेर अध्ययन गर्नुपर्नेमा शर्माले जोड दिइन्।

कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन)का अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीका नेतृत्वकर्ताले सुशासनमा ध्यान नदिएकाले केही सहकारीहरू समस्याग्रस्त भएका बताए। सहकारीमा भित्रिएको अस्वभाविक विषयलाई समयमै नियन्त्रण गर्न नसक्दा त्यसको असर देशव्यापी फैलिएको भन्दै उनले सहकारीले सदस्यलाई केन्द्रमा राखेर काम गर्ने परिस्थिति सिर्जना गर्न सके समस्या नआउने धारणा राखे।

संवादमा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाईंले खराब कर्जाका कारण सहकारीमा कर्जा जोखिम बढेको उल्लेख गरे। सहकारीको जोखिम व्यवस्थापनतर्फ ध्यान दिँदै सञ्चालकले कर्जा नलिने, संस्थागत पुँजी जगेडा कोष पाँच प्रतिशतभन्दा बढी पु¥याउने र कर्जा असुलीमा ध्यान दिनसके सहकारी कहिल्यै नडुब्ने उनको भनाइ थियो। समस्याग्रस्त २१ वटा सहकारी संस्थाको संस्थागत पुँजी शून्य दशमलव पाँच प्रतिशत पनि नभएको हुँदा त्यस्ता सहकारीमा समस्या देखिएको उनले बताए।

सहकारी संवादको समूहगत छलफलमा विजय विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक केशवप्रसाद सापकोटाले सहजीकरण गरेका थिए। कार्यक्रममा विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रेमप्रसाद सापकोटा र महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख व्यवस्थापक फूलमाया मोक्तानले सहकारीका असल अभ्यासबारे प्रस्तुतीकरण गरेका थिए। कार्यक्रममा केन्द्रका अध्यक्ष कृष्णप्रसाद सापकोटाले संस्थाले गर्दै आएका क्रियाकलापबारे जानकारी गराएका थिए।

प्रकाशित: २०८१ असार २६ गते बुधबार ०७:५४
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना