काठमाडौँ- प्रधानमन्त्री पुष्षकमल दाहालले राखेको विश्वासको मतको विपक्षमा दुई तिहाई भन्दा बढी सांसदले मतदान गरेका छन्।
प्रचण्डको पक्षमा जम्मा ६३ मत पर्दा विपक्षमा १९४ मत गरेको हो।
प्रचण्डको विपक्षमा परेको मत दुई तिहाइ भन्दा बढी हो।
२७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाई मतका लागि १८४ मत चाहिन्छ।
शुक्रबारको मतदानमा २५८ सदस्य उपस्थित थिए।
एक सांसद भने तटस्थ बसेका थिए।


