काठमाडौँ- साउनको पहिलो कारोबार दिन मंगलबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम राखेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँ रहेको छ। अघिल्लो दिन सुन १ लाख ४६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार १ सय रुपैयाँमा किनबेच भइरहेको छ। अघिल्लो दिन सुन १ लाख ४६ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो।
त्यस्तै, आज चाँदी १० रुपैयाँले घटेको हो। आज चाँदी प्रतितोला १ हजार ८ सय ७५ रुपैयाँ रहेको छ। चाँदी अघिल्लो दिन १ हजार ८ सय ८५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस सुन २ हजार ४२५ दशमलव ७८ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३० डलर ७६ पैसामा कारोबार भइरहेको छ।


