काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) २३ सय बिन्दुमाथि पुगेको छ। नयाँ सरकार बन्ने हल्लासँगै बढ्न थालेको नेप्से नरोकिइकनै २३ सयमाथि पुगेको हो।
मंगलबार नेप्से परिसूचक ७०.१८ अंकले बढेर २३१०.५९ विन्दुमा रोकिएको हो ।
यसअघि अन्तिम पटक २०७९ वैशाख २९ गते २३५०.४२ को विन्दुमा पुगेको थियो।
मंगलबार बजारमा २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता सेयर खरिदबिक्री भए। ९ अर्ब १२ करोड ८६ लाख २९ हजार रूपैयाँको कारोबार भएको छ।
मंगलबार सिन्धु विकास बैंक, बरुण हाइड्रोपावर कम्पनी, ग्रीन डेभलपमेनट बैंक, अंकुखोला जलविद्युत कम्पनी र मंदाकिनी हाइड्रोपावर लिमिटेडका लागनीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन्। यी कम्पनीहरूको सेयरमूल्यमा पोजेटिभ सर्किटसमेत लागेको छ।
