सुर्खेत- कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री महेन्द्र केसीले आफूसँग सुनचाँदी र घरगाडी नभएको उल्लेख गरेका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले बुझाएको सम्पत्ति विवरणमा आफूसँग घर, गाडी, सुन, चाँदी, ऋण र सेयरसमेत नभएको उल्लेख गरेका हुन्।
बिहीबार कार्यालयले सार्वजनिक गरेको विवरणमा उनले रुकुम पश्चिम र कपिलवस्तुका ५ स्थानमा जग्गा भने भएको उल्लेख गरेका छन्।
आफ्नो बैँकखातमा १ लाख ५१ हजार र श्रीमती निर्मला केसीको नाममा साढे ४ लाख रुपैयाँ रहेको भने उनले खुलाएका छन्।
प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलका नाममा कर्णाली प्रदेशको राजधानी सुर्खेत (वीरेन्द्रनगर नगरपालिका-४ भैरवस्थान) र संघीय राजधानी काठमाडौँ (कागेश्वरी मनोहरा नगरपालिका-६) मा गरी दुई वटा घर रहेको विवरणमा उल्लेख छ।
सुर्खेतको घरलाई उनले पुर्ख्यौली भनेका छन् काठमाडौँमा आफ्नो, श्रीमती र छोरीको पारिश्रमिकबाट किनेको उल्लेख गरेका छन्। काठमाडौँको घर पत्नी गीता अधिकारीका नाममा दर्ता छ।
काठमाडौंको मूलपानीमा थप एक घडेरी भएका कँडेलका नाममा सुर्खेतको वीरेन्द्रनगरमा ४ वटा घडेरी छन्।
मुख्यमन्त्री कँडेल र उनकी श्रीमतीका नाममा विभिन्न ११ वटा बैंक तथा सहकारीमा गरी ३३ लाख १२ हजार ४८५ रुपैयाँ मौज्दात छ।
कँडेलले राष्ट्रिय वाणिज्य बैङ्कबाट ४५ लाख ऋण लिएको विवरणमा उल्लेख छ।
कँडेलको सम्पत्ति विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्।
कर्णालीका मन्त्रीहरूको सम्पत्ति विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्।


