२०८३ कार्तिक २२ गते शनिवार

‘स्वाइन फिभर’को जोखिमले किसानले छाडे बंगुरपालन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ७
bangur_khor_khali

कैलाली- बङ्गुरमा देखापरेको स्वाइन फिभरका कारण जिल्लाका किसानले बङ्गुरपालन छाडेका छन्। व्यावसायिक रूपमा बङ्गुरपालन गर्दै आएका किसानले स्वाइन फिभरको जोखिमले पुनः बङ्गुरपालन गर्न आँट गरेका छैनन्। साना व्यवसायीले समेत बङ्गुरपालन गर्न छाडेका छन्।

करिब दुई वर्षअघि देखापरेको रोगले व्यवसायीले बङ्गुरपालनमा चासो देखाए पनि फेरि रोग आउने हो कि भन्ने जोखिममा सबैमा उत्तिकै छ। स्थानीयस्तरमा किसान र समूहमा समेत बङ्गुरपालन गर्ने गरेका थिए अहिले त्यो पनि रोकिएको छ।

बङ्गुरपालन व्यवसाय कम भएपछि यतिखेर कैलालीमा बङ्गुरको मासु अभाव हुन थालेका छ। एक वर्षअघि प्रतिकिलो रु तीन सय ५० मा पाइने मासु यतिखेर रु पाँच सय पर्न थालेको छ।

‘दुई वर्षअघि रु दुई सय ५० प्रतिकेजीमा बिक्री हुने मासु हाल रु पाँच सयमा बिक्री भइरहेको छ’, मासु विक्रेता राजकिरण चौधरीले भने, ‘कैलालीमा बङ्गुर नपाएपछि दाङलगायत सुदूरपश्चिमका पहाडी जिल्लाबाट खरिद गरेर ल्याउछौँ।’

जिल्लाभन्दा बाहिरबाट बङ्गुर ल्याउँदा मूल्य बढेको चौधरीले बताए। ‘पहिले मेरो बङ्गुर छ, काटिदिनुपर्यो भनेर किसान आउँथे, हामी मूल्य गर्थ्यौँ, अहिले बङ्गुर मालिकले मूल्य तोक्ने गरेका छन् तैपनि पाइँदैन’, उनले भने, ‘बाहिरबाट ल्याउँदा महँगोमा बिक्री गर्नुपर्ने बाध्यता छ भने पहिलेजस्तो नाफा पनि छैन।’

कैलालीको भजनीका जयबहादुर बुढाको करिब दुई वर्षअघि अफ्रिकन स्वाइन फिभरले फार्ममा रहेका चार सय ८२ बङ्गुर मरेपछि पुनः व्यवसाय सुरु गर्ने आँट गरेका छैनन्। भजनी नगरपालिका पशु सेवा शाखाले तयार गरेको प्रतिवेदनअनुसार बुढाको मात्र ९५ लाख २० हजार बराबरको क्षति भएको हो।

‘बङ्गुरपालनबाट लाखौँ रुपैयाँ क्षति भयो’, उनले भने, ‘रोग नलागेको भए राम्रै नाफा थियो, एकाएक बङ्गुर मरेपछि थाहा भयो स्वाइन फिभर भन्ने रोग लागेको रहेछ।’ हामीले थाहा नपाएको रोग बेहोर्नुपरेपछि धेरै व्यवसायीको बङ्गुरपालन चौपट भएको बुढाले बताए। उनले साना व्यवसायीले समेत बङ्गुरपाल्नुस् भनेपछि नाईनाई भन्ने गरेको बताए। फस्टाएको व्यवसाय धराशायी भएपछि यसका बारेमा सरकारले ठोस योजना नबनाएको बुढाले दुखेसो गरे।

व्यवसायी बुढालाई केही राहत होला भनेर भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द धनगढीले रु दुई लाख ७५ हजार बराबरका बङ्गुरका पाठा ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको छ। अर्का व्यवसायी जानकी–१ दुर्गाैलीका निकेत चौधरीले पनि पुनः व्यवसाय गर्ने आँट गरेका छैनन्।

३५ लाख खर्च गरेर बङ्गुरपालन गरेका चौधरीले चार वर्षदेखि व्यवसाय गर्दै आएका थिए। उनी पनि स्वाइन फिभरको मारमा परेको बताए। चौधरीको ७० वटा बङ्गुर अटाउने व्यवस्थित खोर यतिखेर त्यत्तिकै खाली छ। बैंकको ऋण लिएर व्यवसाय गरेका चौधरीले ब्याजसमेत बुझाउन नसकेर बैंककै झमेलामा परेको बताए।

‘स्वाइन फिभरको सङ्क्रमणबाट ४५ वटा बङ्गुर मरे’, चौधरीले भने, ‘ऋण लिएर बङ्गुर हाल्नुपर्ने हो, फेरि रोग आएपछि डुबिन्छ भन्ने त्रास घरपरिवारमा भएपछि बङ्गुरपालनलाई निरन्तरता दिने आँट गरेको छैन’। व्यवसायी चौधरीले जग्गा खरिद, बङ्गुर खोर र माछापालन गरी रु दुई करोड लगानी गरेको बताउँछन्।

‘रोगले बङ्गुरपालक किसानका खोर नै खाली गरेपछि किसानले यो पेसा नै छाडेको अवस्था छ’, रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रमका पशु प्राविधिक पुष्पराज भारतीले भने, ‘किसानले जोखिम मोल्न नसकेर यो व्यवसाय नियमित गर्न सकेका छैनन्।’

आयोजनाले बङ्गुरपालकलाई फार्म सुधार र ग्रामीणस्तरमा जीविकोपार्जनमा सघाउन समूहमार्फत पनि बङ्गुरपालनमा लगानी गरेको पनि भारतीले बताए। कैलाली मासुमा आत्मनिर्भर जिल्लाका रूपमा चिनिन्छ। कैलालीबाट खसीबोका, राँगा र बङ्गुर काठमाडौँसम्म निर्यात गरिन्थ्यो।

अहिले बङ्गुरको निर्यात रोकिएको व्यवसायीको भनाइ छ। सिँचाइ आयोजनाले टीकापुरका किसानलाई मासु भण्डारण र निर्यातमा सघाएको छ। हाल बङ्गुरको मासु अभाव भएकाले उनले कञ्चनपुर, बर्दियालगायत छिमेकी जिल्लाबाट बङ्गुर ल्याएर मासु काठमाडौँ पठाउने गरेका छन्।

बङ्गुर प्रजातिमा देखापर्ने यो रोग केही वर्ष पहिला अमेरिका र त्यसपछि चीनमा देखापरेको थियो। यसरी बङ्गुर मरेका कैलालीका किसानले राहत भने पाउन नसकेको गुनासो गर्ने गरेका छन्।

प्रकाशित: २०८१ साउन ७ गते सोमबार १२:०३
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना