काठमाडौँ- सार्वजनिक खरिद अनुगमन कार्यालयले १५ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु गरेको छ।
पहिलोपटक माग गरिएको स्पष्टीकरण पेस नगरेपछि कालोसूचीमा राख्ने तयारी गरिएको हो।
विभिन्न १७ वटा सार्वजनिक निकायले कालोसूचीमा राख्न सिफारिस गरेपछि कार्यालयलले ती कम्पनीलाई स्पष्टीकरण सोधेको छ।
यसअघि पनि कार्यालय स्पष्टीकरण माग गरेको थियो। ३० दिने सूचना जारी गर्दा स्पष्टीकरण माग गर्दा स्पष्टीकरण पेस नगरेपछि कालो सूची राख्नुअघि ७ दिने अल्टिमेटमसहित स्पष्टीकरण माग गरिएको हो।
७ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पेस नगरे यी कम्पनी कालोसूचीमा पर्नेछन्।


