२०८३ कार्तिक २१ गते शुक्रबार

देशको क्षमताअनुसार बाघको सङ्ख्या वृद्धि गर्नुपर्छः प्रधानमन्त्री ओली

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १४
PM OLI

पाटन (ललितपुर)- प्रधानमन्त्री केपी शर्मा ओलीले देशको क्षमताअनुसार बाघको सङ्ख्या वृद्धि गर्नुपर्ने बताएका छन्।

विश्व बाघ दिवसका अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आज आयोजना गरेको कार्यक्रममा ‘बालबालिकासँग बाघ संवाद’ गर्दै प्रधानमन्त्री ओलीले वन्यजन्तुको सिकार र चोरीपैठारीका लागि प्रतिबन्ध लगाइएको स्मरण गराए।

उनले सीमिततामा आधारित रहेर देशको क्षमताअनुसार बाघको संरक्षण गर्ने नीति रहेको बताए। “देशको क्षमताभन्दा बढी बाघको सङ्ख्या वृद्धि गर्न सकिँदैन, हाम्रो क्षमतालाई नहेरी अन्धाधुन्ध बाघको सङ्ख्यामात्रै वृद्धि गर्दा मानवीय विनाश निम्त्याउन सक्नेतर्फ पनि सचेत रहनुपर्नेछ। यस्तो अवस्था आउन दिनु हुँदैन”, उनले भने, “प्रकृतिमा धेरै जीव तथा वन्यजन्तु छन्, उनीहरूका लागि सहज बासस्थान चाहिन्छ, उनीहरूसँग द्वन्द्वको अवस्था आउन दिनुहुँदैन। मानिसले सचेत भएर द्वन्द्वको परिस्थिति आउन नदिन लाग्नुपर्छ, हामीले पहिलो सुरक्षा मानिसलाई दिनुपर्छ।”

कार्यक्रममा लिटिल एञ्जलसहित विभिन्न पाँच विद्यालयका बालबालिकाले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले मानव प्रकृतिको एउटा अंश मात्रै भएको बताए।

उनले बाघ र वन्यजन्तुको संरक्षणका लागि हालको सदर चिडियाखाना सानो भएकाले अन्य स्थानमा व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको बताए। वन्यजन्तुको संरक्षणमा मानवलाई शिक्षा दिन पनि चिडियाखाना चाहिन्छ भन्ने धारणा विकास गर्नुपर्ने उनको भनाइ थियो।

विसं २०७३ मा आफू प्रधानमन्त्री हुँदा उद्घाटन गरिएको भक्तपुरको सूर्यविनायकस्थित प्राणी उद्यानको निर्माण कार्य अगाडि बढाइने र ललितपुरको सदर चिडियाखाना सानो भएकाले अन्यत्र पनि चिडियाखाना स्थापनागरी वर्गीकरणका आधारमा वन्यजन्तुलाई संरक्षण गर्न पहल गरिने जानकारी गराए।

तपाईंलाई प्रकृतिसँग प्रेम गर्न के कुराले प्रेरित गर्यो भन्ने विद्यार्थीको प्रश्नमा प्रधानमन्त्री ओलीले भने, “प्रकृति मन नपराउने मान्छे हुँदैन, म सानो हुँदा गोठालो लाग्ने गरेकाले गाईभैँसी चराउन जङ्गलमा जाँदा प्रकृतिसँग रमाउन थालेँ, त्यसैबेला मैले बाघ पनि देखेँ, पछि बुझ्दै जाँदा जलवायु प्रणालीमा प्रकृति, खोलानाला, जीवजन्तु, चराचुरुङ्गी सबैसँग प्रेम हुन थाल्यो।”

कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्वका दुर्लभ वन्यजन्तु नेपालमा पाइने भन्दै तीनै तहका सरकार, सङ्घसंस्था र सरोकारवालाबीच संरक्षणका लागि साझेदारी र समन्वय हुनुपर्ने बताए। उनले बाघको संरक्षणका लागि ठूलो घाँसे मैदानका साथै वन, पानीसहितको बासस्थानको व्यवस्थापनलाई ध्यान दिइने जानकारी गराए।

“बाघलाई वनभित्र रहने र मानिसलाई निकुञ्जभित्र पस्न नदिने व्यवस्था गरिनुपर्छ, विकास र वातावरणबीचको सन्तुलन मिलाउनुपर्नेछ। निकुञ्ज व्यवस्थापन र संरक्षणबाट राष्ट्रिय पर्यटनको आम्दानी वृद्धि गरिनुपर्छ”, मन्त्री ठकुरीले भने। नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारसहित संरक्षणका साझेदारहरू मिलेर बाघको संरक्षणमा लाग्नुपर्ने उनको भनाइ छ।

ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले बाघ संरक्षणका लागि सदर चिडियाखानाको अहिलेको स्थान नपुग भएकाले यसका लागि पहल गर्न प्रधानमन्त्रीसमक्ष अनुरोध गरेका थिए। उनले कोरोनाकालमा वन्यजन्तुलाई आहारमा समस्या हुँदा महानगरबाट रकम उपलब्ध गराएको स्मरण गर्दै वन्यजन्तु संरक्षणका सन्दर्भमा महानगर र सदर चिडियाखानाबीच अत्यन्तै महत्वपूर्ण सम्बन्ध रहेको बताए।

महानगर प्रमुख महर्जनले चिडियाखानामा सबैभन्दा बढी खर्च लाग्ने एउटा जनावरको खानाका लागि महानगरले वार्षिक रूपमा रकम उपलब्ध गराइरहेको जानकारी गराए।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा सिन्धुप्रसाद ढुङ्गानाले संविधानमा वातावरण संरक्षण गर्ने नीति समावेश भएको र सोहीअनुसार ऐन, नियम तथा कानुन बनेको जानकारी गराए। जैविक विविधताका दृष्टिले नेपालको तराई भूपरिधि क्षेत्र उपयोगी रहेको उनले बताए।

संरक्षणमा पु¥याएको योगदानका लागि संयुक्त राष्ट्रसङ्घले सन् २०२३ मा नेपाललाई सम्मान गरेको जानकारी गराउँदै महानिर्देशक डा ढुङ्गानाले यसबाट नेपालको पर्य–पर्यटन र राष्ट्रिय अर्थतन्त्रमा समेत सहयोग पुगेको धारणा राखे।

वन तथा वातावरण मन्त्रालयका निमित्त सचिव भुपाल बरालले बाघको सङ्ख्या बढ्नु जैविक विविधताका दृष्टिकोणले महत्वपूर्ण भएको बताए। बाघको बासस्थानको संरक्षण र आहारको व्यवस्थापन महत्वपूर्ण रहेको बताउँदै उनले मानव वन्यजन्तुबीचको द्वन्द्वलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती बढ्दो अवस्थामा रहेको धारणा राखे।

प्रकृति संरक्षण कोषका अध्यक्ष कृष्णप्रसाद ओलीले विश्वमा नेपालले ओगटेको भूभागको तुलनामा बाघ, वन्यजन्तु तथा चराचुरुङ्गीको संरक्षणमा अग्रणी स्थानमा रहेको बताए। कार्यक्रममा सदर चिडियाखानासँग सम्बन्धित रहेर संरक्षणका क्षेत्रमा ज्ञान हासिल गरिरहेका बालबालिकाले बाघ संरक्षणका सन्दर्भमा लघु नाटकसमेत प्रदर्शन गरेका थिए।

‘मानव बाघ सहअस्तित्व र समृद्धि’ भन्ने नाराका साथ यस वर्षको विश्व बाघ दिवस मनाइएको छ। सन् १९७० को दशकबाट मात्रै नेपालमा बाघ संरक्षणको प्रयास भएको पाइन्छ।

बाघको सङ्ख्या सबैभन्दा धेरै हुने विश्वका १३ राष्ट्रमा नेपाल पनि पर्दछ। रसियाको सेन्ट पिटर्सवर्गमा सन् २०१० मा बाघ पाइने १३ राष्ट्रबीच भएको समझदारीपत्रमा हस्ताक्षर गर्दै नेपालले सन् २०२२ सम्म बाघको सङ्ख्या दोब्बर पार्ने प्रतिबद्धता गरेको थियो। त्यसबेला नेपालमा बाघको सङ्ख्या एक सय २१ थियो।

त्यसपछि सन् २०१४ मा एक सय ९८, सन् २०१८ मा दुई सय ३५ र सन् २०२२ मा नेपालका चितवन, बाँके, बर्दिया, शुक्लाफाँटा र पर्सासहित पाँच वटा निकुञ्जमा रहेका बाघको सङ्ख्या तीन सय ५५ पुगेको थियो। हरेक चार वर्षमा बाघको सङ्ख्या गणना गर्ने व्यवस्थाअनुसार अब सन् २०२६ मा नेपालमा बाघको सङ्ख्या गणना हुनेछ।

प्रकाशित: २०८१ साउन १४ गते सोमबार ०८:०६
प्रतिक्रिया

थप समाचार

अयोध्या–जनकपुर रेल सञ्चालनको तयारी तीव्र, ट्रयाक परीक्षण गर्न भारतीय रेल जनकपुर आइपुग्यो

जनकपुर: भारतको अयोध्यादेखि जनकपुरधामसम्म रेल सञ्चालनको तयारी तीव्र रुपमा भइरहेको छ। विगत एक महिनादेखि रेल सञ्चालनका निम्ति नेपाल र भारतीय रेल विभागका कर्मचारीहरुले पटक पटक अनुगमन तथा छलफल...

को हुन् नवनियुक्त आईजीपी केसी? किन हुँदैछ ५३ साल दोहोरिएको चर्चा?

काठमाडौँ: सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको विशेष सुरक्षा...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

तीन महिनामा भित्रियो साढे ६४ करोडको झिलिमिली बत्ती

तिहारलाई लक्षित गर्दै चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो तीन महिनामा ६४ करोड ५२ लाख रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात भएको छ। भन्सार विभागको तथ्यांकअनुसार असोजसम्म २८ लाख ५९ हजार थान झिलिमिली...

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं। रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता तोडिएको छ। निर्माणमा पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न हुन नसकेपछि चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना