काठमाडौँ- नेप्से दोहोरो अंकले बढ्दा बुधबार सेयर कारोबार रकममा नयाँ रेकर्ड बनेको छ। नेप्सेको इतिहासमै सर्वाधिक रकमको कारोबार भएको छ।
बुधबार ३३२ कम्पनीको ५ करोड ९६ लाख सात हजार ९५१ कित्ता सेयर २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँबराबरमा कारोबार भएको हो।
३१ साउन ०७८ मा बनेको रेकर्ड ब्रेक गर्दै कारोबार रकमले नयाँ कीर्तिमानी बनाएको हो। सो समयमा २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँको कारोबार भएको थियो।
नेप्से परिसूचक पनि ६४.२६ अंकले बढेर २७६०.९१ बिन्दुमा कारोबार बन्द भएको छ।
आज वित्त समूह ८.०८ प्रतिशत र लगानी समूह ६.९० प्रतिशतले वृद्धि भएका छन्। यसैगरी अन्य समूह करिब चार प्रतिशतले बढ्दा विकास बैंक समूह पनि ३.२१ प्रतिशतले उकालो लागेको छ।
बुधबार १९१ कम्पनीका सेयर मूल्य वृद्धि हुँदा १० वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ।
आज कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा छ।
हिमालयन रिको ८४ करोड ४९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।


