२०८३ कार्तिक २५ गते मङ्गलबार

ओली क्याबिनेटमा ३ राज्यमन्त्री थपिए

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १८
3rajyamantr

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।

कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट एक जनालाई राज्यमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेका हुन्।

कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका छन्।

यस्तै नाउपाका अरुण चौधरी पनि राज्यमन्त्री नियुक्त भएका छन्।

अरुणलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, रुपालाई वन तथा वातावरण र पूर्णबहादुरलाई ऊर्जा जलश्रोत तथा सिँचाइ राज्यमन्त्री बनाइएको छ।

योसँगै मन्त्रिपरिषदले पूर्णता पाएको छ। नेपालको संविधानको धारा ७६ को उपधारा ९ मा बढीमा पच्चीस सदस्यीय मन्त्रिपरिषद गठन हुने व्यवस्था छ।

यसअघि नै प्रधानमन्त्री र उपप्रधानमन्त्रीसहित २२ जना मन्त्रीहरू भएको र अब ३ जना राज्यमन्त्री थपिएर २५ जना पुगेकाले मन्त्रिपरिषदले पूर्णता पाएको हो।

असार १७ गते कांग्रेस र एमालेबीच सरकार बनाउने समझदारी भएपछि असार ३१ गते ओलीले प्रधानमन्त्रीका रूपमा शपथ लिएका थिए।

कांग्रेसका ८८ सांसद र एमालेका ७८ सांसदको समर्थनमा ओली प्रधानमन्त्री नियुक्त भएका हुन्। ओलीको चौथो पटक प्रधानमन्त्री बनेका हुन्।

तीन वर्षअघि अर्थात् २०७८ असार २८ गते सर्वोच्च अदालतको संवैधानिक इजलासको परमादेशबाट एमाले अध्यक्ष केपी शर्मा ओली सत्ताच्यूत भएका थिए।

असार ३१ गते नै २१ जनामन्त्रीले शपथ लिएका थिए।

ओली नेतृत्वको सरकारमा कांग्रेस, एमाले, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र उन्मुक्ति सहभागी भएका छन्।

यसअघि प्रधानमन्त्री ओलीसहित उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र उपप्रधान तथा अर्थमन्त्री बनेका विष्णु पौडेलले शपथ लिएका थिए ।

यस्तो बन्यो ओली क्याबिनेट

केपी शर्मा ओली : प्रधानमन्त्री

प्रकाशमान सिंह : उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री

विष्णु पौडेल : उपप्रधानमन्त्री तथा अर्थमन्त्री

पृथ्वी सुब्बा गुरुङ : सञ्चारमन्त्री

रमेश लेखक : गृहमन्त्री

शरदसिंह भण्डारी : श्रममन्त्री

डा आरजु राणा : परराष्ट्रमन्त्री

प्रदिप यादव : खानेपानीमन्त्री

बलराम अधिकारी : भूमि व्यवस्था गरिबी निवारण तथा सहकारीमन्त्री

दामोदर भण्डरी : उद्योगमन्त्री

नवल किशोर साह सुडी : महिला बालबालिका तथा समाजकल्याणमन्त्री

देवेन्द्र दाहाल : भौतिक पूर्वाधारमन्त्री

तेजुलाल चौधरी : युवा तथा खेलकुदमन्त्री

प्रदीप पौडेल : स्वास्थ्यमन्त्री

अजय कुमार चौरसीया : कानुनमन्त्री

बद्री पाण्डे : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री

रामनाथ अधिकारी : कृषिमन्त्री

विद्या भट्टराई : शिक्षामन्त्री

मानवीर राई : रक्षामन्त्री

दीपक खड्का : उर्जा जलस्रोत तथा सिँचाइमन्त्री

राजकुमार गुप्ता : संघीय मामिलामन्त्री

ऐन बहादुर शाही : वनमन्त्री

 

प्रकाशित: २०८१ साउन १८ गते शुक्रबार ०१:४७
प्रतिक्रिया

थप समाचार

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

‘एलपी ग्यासमुक्त पालिका’ योजना कार्यान्वयन गर्न ऊर्जामन्त्रीको निर्देशन

'नवीकरणीय ऊर्जालाई अनुदानबाट उद्यम र रोजगारीसँग जोड्नुपर्छ'

को हुन् नवनियुक्त आईजीपी केसी? किन हुँदैछ ५३ साल दोहोरिएको चर्चा?

काठमाडौँ: सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको विशेष सुरक्षा...

मनोज केसी आईजीपी नियुक्त, दानबहादुरलाई प्रधानमन्त्रीको विशेष सुरक्षामा तानियो

काठमाडौँ: सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए। दानबहादुर कार्कीलाई आईजीपीबाट...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना