सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला एक लाख ५० हजार रुपैयाँ कायम भएको छ।
आइतबार छापावाला सुन प्रतितोला एक लाख ४९ हजार सात सयमा कारोबार भएको थियो।
आइतबारको तुलनामा सोमबार छापावाला सुन प्रतितोला तीन सय रुपैयाँले वृद्धि भएको हो।
यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले वृद्धि भएको छ।
आइतबार प्रतितोला एक लाख ४९ हजार दुई सयमा कारोबार भएको तेजाबी सुन सोमबार एक लाख ४९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
एक हजार सात सय ८५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको चाँदीको मूल्य भने स्थिर छ।


