२०८३ कार्तिक २२ गते शनिवार

‘समुन्द्रपारि’को तुरुप फालेका कमान्डरविरुद्ध जनार्दनको फायर

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २७
prachanda_janardan

काठमाडौँ- ‘जादुयी नम्बर’ देखाएर सत्तामा टिकिरहने रणनीति अख्तियार गरिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अकस्मात् सत्ताच्यूत भएको करिब महिनादिन भयो। संसद्को पहिलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमालेबीच सत्तासाझेदारीको सहमति भएको समाचार सञ्चारमाध्यममा छरपस्ट भइसक्दा पनि प्रचण्डले भने आफू सत्ताच्यूत हुने कुरा यकिन गर्न सकिरहेका थिएनन्। यही बेला आफू नेतृत्वको सत्ता गठबन्धन लामो समय चल्ने कुरा मन्त्रीहरूलाई ब्रिफिङ गरेका दाहालका लागि सत्ताच्यूत हुनुपर्ने स्थिति अप्रत्याशित र अनपेक्षित थियो।

सत्ताच्यूत हुनुभन्दा २० दिनअघि मात्रै उनी भन्दै थिए- थोरै (सांसद संख्या)छ भनेर चिन्ता गर्नुपर्ने छैन। जादुयी नम्बर छ। त्यो जादुले अनेक गरेर मिलाई हाल्छ। २०६४ सालमा भएको संविधानसभाको निर्वाचनमा पहिलो दल बनेको माओवादी त्यसयताका हरेक निर्वाचनमा निरन्तर खुम्चिँदो छ। पार्टीको गिर्दो शाख जोगाउने वा फिर्ता ल्याउने कुरामा दाहालको प्रचण्ड चिन्ता सायदै देखियो। सार्वजनिक रूपमा उनले यसबारे कहिल्यै/कतै अभिव्यक्ति दिएको सुनिएन। २०६४ र २०७० पछिका दुई वटा निर्वाचनमा माओवादीले कहिले कांग्रेस त कहिले एमालेको वैशाखी टेक्यो। फलस्वरुप खुम्चिँदो निर्वाचन परिणामको ग्राफका बीचमा पनि माओवादी सत्तामा भने सर्भाइभ भइरहेको थियो।

राजनीतिको केन्द्रीय विषयवस्तु सत्य सत्ता हो। संसदीय व्यवस्थामा सत्ताप्राप्तिका लागि दलको नेतृत्वले संसदमा बहुमत प्राप्त गर्न प्रयत्न गर्ने हो। अधिकांश दल र नेताले मजबुद संसदीय गणितका आधारमा सत्तामा पुग्ने र शासन व्यवस्था सञ्चालन गर्ने प्रयास गर्छन्। तर दाहाल भने अपवाद हुन्। किनभने उनी प्रतिनिधि सभाको तेस्रो दलका अध्यक्ष हुन्। र उनले आफू नेतृत्व गरेको खुम्चँदो संसदीय गणित (३२) सिटलाई ‘म्याजिक’ भनिदिन्छन्। अझ त्यही ३२ सिटको म्याजिकको भरमा प्रतिनिधिसभाको पुरै कार्यकाल प्रधानमन्त्री बनिरहने वा पार्टीलाई सरकारमा टिकाइरहने सपना पनि उनै दाहालले मात्र देख्न सक्छन्। त्यसैले त उनी गत असार ८ गते सार्वजनिक कार्यक्रममा भनिरहेका थिए, ‘केही दिन पछि सरकार जाँदै छ रे भन्ने र तपाई हाम्रो दिमागमा कन्फ्युजन क्रियट गर्ने पूरै कोसिस भएको छ। यो भन्न थालेको म प्रधानमन्त्री भएदेखि नै हो। तर तरिका मिल्यो भने पूरै अवधि बसिन्छ। ढुक्क भएर काम गरे हुन्छ। हामीलाई हटाउन सजिलो छैन।’

जब दाहाल सत्ताबाट हटे, तब उनलाई जनताको याद आइरहेको छ। पार्टीको चिन्ता लागेको छ। ०८४ सालमा हुने निर्वाचनमा एक्लै लड्ने इच्छा अंकुराएको छ। अनि पार्टीलाई पहिलो शक्ति बनाउने मरिसकेको भावना पुनर्जीवित भएको छ।

पछिल्लो पटक १८ महिना सरकारमा बस्दा एमालेको काँधबाट फड्को हानेर कांग्रेस र कांग्रेसको काँधबाट फड्को हानेर एमालेकै काँधमा आइपुगेका थिए। उनलाई लागिरहेको थियो- कहिले कांग्रेस र कहिले एमालेलाई खेलाएर म ‘म्याजिक’ देखाइरहनेछु, उथलपुथल गरिरहनेछु। तर, असारको अन्तिम साता कांग्रेस र एमालेबीच भएको सत्ता सहकार्यको सहमतिले दाहालको सत्ता सपना, म्याजिक र उथलपुथलमा एकैपटक पानी फेरिदियो।

जब दाहाल सत्ताबाट हटे, तब उनलाई जनताको याद आइरहेको छ। पार्टीको चिन्ता लागेको छ। ०८४ सालमा हुने निर्वाचनमा एक्लै लड्ने इच्छा अंकुराएको छ। अनि पार्टीलाई पहिलो शक्ति बनाउने मरिसकेको भावना पुनर्जीवित भएको छ।

आफैँले सुरु गरेको अस्थिर राजनीतिको खेल चरमोत्कर्षमा पुगेर शिथिल भइसकेपछि दाहाल झल्यास्स ब्यूँझिएजस्तो सुनिएका हुन्। सत्ता र शक्तिमा ‘म्याजिक’ गरिरहने चक्करमा कमान्डर दाहालको खेल र हेरेको तत्कालिक लाभहानीको हिसाबको ‘अडिट’ माओवादीका नेताहरुले गर्न थालेका छन्। १० बर्से सशस्त्र युद्धताका माओवादीको सुप्रिम कमान्डर रहेका दाहालले आफूमाथि उठ्न सक्ने प्रश्न, हुन सक्ने आलोचना र विरोधलाई पन्साउन ‘ब्लेम सिफ्टिङ’को अस्त्र प्रयोग गर्दै आएका छन्।

केन्द्र सरकार मात्र होइन, सात वटै प्रदेशको सरकारबाट समेत हट्नुपरेको पीडा माओवादीमा आलै छ। त्यसमध्ये पनि आफूलाई ‘जादुगर’ ठान्ने दाहालको पीडा अझ बढी हुनु अस्वाभाविक होइन। राजनीतिका चतुर खेलाडी प्रचण्डले आइतबारको स्थायी कमिटीको बैठकमा पार्टीभित्रकै नेताहरुले आफूले ठानेको आलो घाउमा नुनचुक छर्कने आकलन नगर्ने कुरै थिएन। सोही कारण उनले आफू सत्ताच्यूत हुनुमा आफ्नोभन्दा बढी दोष ‘समुद्रपारि’को शक्तिमाथि थोपरिदिए।

दाहाल यतिमा मात्रै रोकिएनन्, उनले ‘समुद्रपारि’ भनेको अमेरिकासँगको लडाईँ र त्यसको मोडालिटीबारे पनि थप्न भ्याए।

‘तपाईँहरुले भर्खरै बंगलादेशमा शेख हसिना वाजेदलाई भाग्न विवश बनाइएको घटना देख्नुभयो होला। झट्ट हेर्दा त्यहाँ आन्दोलन भएपछि उनी भागेजस्तो देखिन्छ, त्यो सत्य होइन। यसमा समुद्रपारिको शक्ति लागेको छ,’ उनले भने, ‘र, तपाईँहरुले यो पनि बुझ्नुहोला, समुद्रपारिकै शक्तिले मलाई पनि अस्ति प्रधानमन्त्रीबाट हटाउन भूमिका खेल्यो।’

दाहाल यतिमा मात्रै रोकिएनन्, उनले ‘समुद्रपारि’ भनेको अमेरिकासँगको लडाईँ र त्यसको मोडालिटीबारे पनि थप्न भ्याए। ‘त्यसैले लडाईँ सामान्य छैन। हामी तयार हुनुपर्छ। त्यो बनेको चुनावसम्म पुग्दा बलियो शक्ति बन्ने र यी सबैलाई जवाफ दिने हो।’

करिब ३५ वर्षदेखि दलको नेतृत्व गरिरहेका दाहाल ‘समुद्रपारि’को शक्तिलाई देखाएर सम्भावित आलोचनालाई टार्ने प्रयासमा थिए सायद। तर, जनार्दन शर्माले ३५ वर्षदेखिका कमान्डरविरुद्ध फायर खोलेका छन्। उनले दाहाल माथि दर्जनौं आरोप लगाएका मात्रै छैनन्, गुनासो पोख्दै सुझाव पनि दिएका छन्। माओवादीमा दाहालमाथि आरोप लगाउनु र विरोध गर्न सहज भने देखिँदैन। दाहालसँगको अन्तरसंघर्षकका कारण थुप्रै नेताहरुले पार्टी फोर्नुपरेको छ। कतिपयले पार्टी छाड्नुपरेको छ। शर्माले खोलेको फायरको जवाफी फायरिङ कमान्डर दाहालले कहिले कसरी गर्नेछन्? त्यो समयक्रममा थाहा हुनेछ।

यस्ता छन् दाहालमाथि शर्माका आरोप:
खुमलटारबाट फलानो एमालेमा जाँदैछ भनेर शुरु गरिएको प्रचारबाजीलाई बालुवाटार पुगेपछि तीव्रता दिइयो। उक्त प्रचारबाजीलाई मद्दत पुग्ने गरी पोखरामा आइपुग्दा मूल नेतृत्वले नै पार्टी फुटतिर उन्मुख छ कसलाई साथ भन्दै कार्यक्रम हलमा हुटिङ गराएपछि सुन्नेहरुलाई पार्टी फुट्ने पक्कापक्की भयो भन्ने लाग्यो। देशभर यसको असर देखा पर्न थाल्यो।

फुटाउने कसले हो भन्दा बालुवाटारबाटै जनार्दनले हो भनेर भनिदिएपछि आज आम कार्यकर्ता र जनतामा पार्टी फुटको त्रास फैलिएको छ।

यस विषयमा देशभरबाट दैनिक सयौँले फोन गरी पार्टी फुट्दैछ र भनी सोध्ने गरेका छन्। यो कुरा अन्य राजनैतिक दल, सुरक्षा निकाय, ब्युरोक्रेसीसमेतमा चासोको विषय बनेको छ।

मूल नेतृत्वबाटै यस प्रकारको गतिविधि हुनुको पछाडि केही प्रश्नहरु छन्। ती प्रत्रहरुको जवाफ दिने झन्झटतिर लाग्नुभन्दा आम पंक्तिलाई तरङ्गित पार्ने विषय हालिदिएर ध्यान अर्कैतिर मोड्ने उद्देश्य रहेको छ।

स-साना अन्तरविरोध समाधान गर्न झन ठूलो अन्तरविरोध सृजना गरिदिनुपर्छ भन्ने अध्यक्षको मान्यताले काम गरेको छ।

यहाँ प्रश्नहरु के हुन् भनेः

  • आठौं महाधिवेशनको समापन पुर्व नै विशेष महाधिवेशनको घोषणा गरेर आठौ महाधिवेशनको महत्वलाई हलभित्रै समाप्त पारेको सम्बन्धमा प्रश्न,
  • पार्टीलाई विधि र पद्दतिमा लैजाने संकल्पको रुपमा आयोजना गरिएको विधान महाधिवेशन हलमा उत्साहका साथ भएका छलफल र हलको अभिमतलाई अस्वीकार गर्दै फरक खालको घोषणा र विधान सम्मेलनभन्दा महाधिवेशन ठूलो हो, जे गर्नुछ त्यहींबाट गर्नुपर्छ भनी विधान महाधिवेशनको महत्वलाई ठाउँको ठाउँ समाप्त गरेको र सो अधिवेशनमा बोल्न समेत नदिइएकोबारे प्रश्न
  • सरकारमा रहँदा बालुवाटारबाटै कहिले जनार्दन त कहिले वर्षमानका विरुद्ध गरिएका दुश्प्रचारसम्बन्धी प्रश्न
  • प्रतिशोध साँध्न पार्टीभित्र राज्यशक्तिको प्रयोग गर्न खोजेको बारे प्रश्न
  • पार्टीभित्र विभिन्न तहका नेताहरुलाई जुटाउन हैन फुटाउनको लागि गरिने मेहेनतबारेको प्रश्न
  • नेतृत्व तहबाटै समानान्तर कमिटीहरु संचालन गरिएकोबारे प्रश्न
  • सरकारको गठबन्धन बारम्बार फेरिरहेको बारे गरिएको प्रश्न
  • प्रधानमन्त्री र गृहमन्त्री हाम्रै पार्टीको हुँदा प्रदेशलाई प्रहरी हस्तान्तरण गरौं भन्ने प्रस्ताव
  • प्रधानमन्त्री, अर्थमन्त्री र योजना आयोग हाम्रै पार्टीसँग हुँदा साना तथा मझौला आयोजना र बजेट स्थानीय तह र प्रदेशलाई हस्तान्तरण गरौं भन्ने प्रस्ताव
  • कोशी प्रदेश नामाकरण हुँदा किराँत पनि जोड्ने कुरामा हाम्रो असहमति किन भनी उठाएको प्रश्न
  • प्रश्न गरेकै कारण कार्यक्षेत्रबाट बेदखल गरी देखाइदिएँ भनी दिएको अभिव्यक्तिप्रतिको प्रश्न
    (जसवारे समीक्षा, स्पष्ट छलफल, आलोचना-आत्मालोचनातिर नलागी पार्टी फुट्दैछ भनेर आम पंक्तिलाई भ्रमित गर्ने, त्रसित गर्ने, सांसदहरुले मेरा विरुद्ध हस्ताक्षर गरिसके भनेर अफवाह फैलाउने, जसले पार्टी र नेतृत्वलाई नै ठूलो क्षति पुर्याइरहेको छ।)

चार दशक लामो नेतृत्वप्रतिको सम्मान, विश्वास र सहकार्यको आधारमा मैले प्राप्त गरेका सबै सूचनाको जानकारी, कामको रिपोर्टिङ र अनुमति लिइरहेको छु।  तर शंकाले लंका जलाउने, चियाको कपमा तुफान सृजना गर्ने भनेझै पार्टीलाई नै क्षति हुनेगरी सार्वजनिक रुपमा भ्रम सृजना गर्ने, मूल नेतृत्वले बोलेका सबै कुराहरु सही नै हुन्छ भन्ने स्कुलिङमा हुर्केको हाम्रो पंक्तिमा पर्न गएको भ्रम र त्रासबाट पार्टी चलाउने हो भने पार्टी कसरी बन्छ ? यसवारे गम्भीर समीक्षा हुनुपर्दछ।

कहाँ बिग्रियो माओवादी? यस्तो छ जनार्दनको सुधार-प्रस्ताव [पूर्णपाठ]

प्रकाशित: २०८१ साउन २७ गते आईतबार ०६:३३
प्रतिक्रिया

थप समाचार

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

‘एलपी ग्यासमुक्त पालिका’ योजना कार्यान्वयन गर्न ऊर्जामन्त्रीको निर्देशन

'नवीकरणीय ऊर्जालाई अनुदानबाट उद्यम र रोजगारीसँग जोड्नुपर्छ'

को हुन् नवनियुक्त आईजीपी केसी? किन हुँदैछ ५३ साल दोहोरिएको चर्चा?

काठमाडौँ: सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको विशेष सुरक्षा...

मनोज केसी आईजीपी नियुक्त, दानबहादुरलाई प्रधानमन्त्रीको विशेष सुरक्षामा तानियो

काठमाडौँ: सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए। दानबहादुर कार्कीलाई आईजीपीबाट...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना