काठमाडौँ- नबिल बैंकले अग्राधिकार सेयर जारी गर्ने भएको छ।
नबिल बैंक लिमिटेडले ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर गर्ने भएको भएको हो।
जसका लागि बैंकले भदौ १७ गते विशेष साधारणसभा बाेलाएकाे छ।
बैंकको साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले सभा बाेलाएकाे हो।
सभामा ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने र अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र र नियमावलीको आवश्यक संशोधन लगायतका एजेन्डाका विषयहरूमा सेयरधनीबीच छलफल गरिने बैंकले जानकारी दिएकाे छ।


