काठमाडौँ- युनिलिभर नेपालको नाफा एक अर्ब ८७ करोड रूपैयाँ पुगेको छ। कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्ष २०८०–८१ को वित्तीय विवरण अनुसार यस्तो देखिएको हो।
अघिल्लो आर्थिक वर्ष २०७९/८० का तुलनामा कम्पनीको नाफा ७.६२ प्रतिशतले बढेको हो। अघिल्लो वर्ष एक अर्ब ८३ करोड रूपैयाँ कमाएको थियो।
कम्पनीको आम्दानी समान्य घटे पनि प्रशासनिकलगायतका खर्च कटाउन सक्दा नाफामा सुधार भएको हो। यसअघि ६ अर्ब ४३ करोड प्रशासनिक लगायत खर्च रहेकोमा यसमा सुधार भएर ६ अर्ब ६ करोडमा सीमित भएको छ।
९ करोड २१ लाख चुक्ता पुँजी रहेको कम्पनीको सञ्चित आम्दानी चार अर्ब ७७ करोड रूपैयाँ छ। कम्पनीसँग एक अर्ब एक करोड बराबरको बेच्न बाँकी र कच्चा सामानको भण्डारण छ। यसमा सामान्य वृद्धि भएको छ।
कम्पनीले बजारबाट एक अर्ब १८ करोड भुक्तानी प्राप्त गर्न बाँकी रहँदा तिर्न पर्ने यस्तो रकम एक अर्ब ९२ करोड छ। कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेर २ हजार १४४ रूपैयाँ पुगेको छ।


