काठमाडौँ- संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’लाई सभाले पारित गरेको हो।
सभामुख देवराज घिमिरेले विधेयक पारित भएको घोषणा गरेका हुन्।
अब राष्ट्रिय सभाबाट पारित भएर प्रमाणीकरणका लागि पठाइन्छ। राष्ट्रपति रामचन्द्र पौडैलले प्रमाणीकरण गरेपछि विधेयक कानुन बनी कार्यान्वयनमा आउनेछ।
सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन दुवै आयोगमा गरी ६४ हजारभन्दा बढी उजुरी छन्।
यो विधेयक २०७९ फागुन २५ गते संसद् सचिवालयमा दर्ता गरिएको थियो।


