काठमाडौँ- जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठकले ६७ बुँदे निर्णय गरेको छ। साउन २७, २८, २९ र ३० गते बसेको केन्द्रीय समिति बैठकले ६७ बुँदे निर्णय गरेको हो।
राजबन्दीको खारेजी, संघीयता कार्यान्वयन, संविधान संशोधन र निर्वाचन क्षेत्र निर्धारण सम्बन्धमा लगायत ६७ बुँदे निर्णय जसपाले गरेको हो।
जसपाले भदौ ९ गते काठमाडौँस्थित काठमाडौँ ब्याङ्क्वेटबाट चारमहिने आधारभूत संगठन निर्माण अभियान घोषणा गर्ने भएको छ।
४१५ केन्द्रीय सदस्यलाई अभियन्ताको रुपमा पालिकामा संगठन निर्माणका लागि खटाउने निर्णय पनि गरेको छ।


