काठमाडौँ- नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आइतबार एक तोला छापावाल सुनको मूल्य १ लाख ५२ हजार ६०० रुपैयाँ तोकेको छ।
यो मूल्य हालसम्मकै उच्च हो। शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको हो।
यसअघि सुनको रेकर्ड मूल्य साउन २९ मा तोलामा १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको थियो।
आइतबार चाँदीको मूल्य पनि बढेको छ।
शुक्रबार तोलामा १ हजार ७६० रुपैयाँ कायम भएको चाँदीको मूल्य बढेर आइतबार तोलामा १ हजार ८१० रुपैयाँ पुगेको हो।


