२०८३ कार्तिक २२ गते शनिवार

भौतिकमन्त्रीको मुख्य उपलब्धि : ब्रिफिङ लिने र निर्देशन दिने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २
devendra_dahal

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आफूले कार्यभार सम्हालेको एक महिनामा ब्रिफिङ लिने र निर्देशन दिने काम सम्पन्न गरेको रिपोर्ट सार्वजनिक गरेका छन्।

आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी उनले आफूले मन्त्रालय सम्हालेको एक महिनाभित्रै निर्देशन दिने र ब्रिफिङ लिने काम भएको उल्लेख गरेका हुन्।

‘मन्त्रालय अन्तर्गतका सबै विभागहरु (सडक विभाग, रेल विभाग, यातायात विभाग र पानी जहाज कार्यालय) को वर्तमान अवस्थाको ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने कार्य सम्पन्न भएको छ,’ आफ्नो उपलब्धिका विषयमा मन्त्री दाहालले लेखेका छन्।

यस्तै आयोजनाहरुको काम गुणस्तरीय रुपमा समयमै सम्पन्न गर्न र निर्माणाधीन सडक तथा पुलका सम्बन्धमा पनि निर्देशन दिने काम भएको उनको भनाइ छ। यस्तै सूर्यविनायक-धुलिखेल आयोजनाको कामलाई तीव्रता दिन निर्देशन दिइएको उनले उल्लेख गरेका छन्।

अरनिको राजमार्गको धुलिखेल-खावा खण्ड ३ महिनाभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिइएको पनि उनको उलब्धि सूचीमा समावेश छ। मन्त्री दाहालले आफूले मात्र नभएर प्रधानमन्त्री केपी शर्मा ओलीले पनि निर्देशन दिएको कुरालाई आफ्नो उपलब्धिमा समेटेका छन्।

मन्त्रीहरूले आफूले गरेका कामको उपलब्धि सार्वजनिक गर्दा निर्देशन दिएको विषयलाई प्राथमिकताका साथ उल्लेख गरेका छन्। तर निर्देशनले मात्र कुनै काम नहुने र जनजीविकाका सवारमा कुनै फरक नपार्ने भएकाले त्यस्ता विषय उल्लेख गरेर सूची लामो पार्नुभन्दा अरु केही नहुने भन्दै सार्वजनिक रूपमा आलोचना हुने गरेको छ।

यस्ता छन् मन्त्री दाहालले सार्वजनिक गरेका काम
१. मन्त्रालयबाट तयार भएको राष्ट्रिय यातायात नीति, २०८१ नेपाल सरकार (मन्त्रीपरिषद्) बाट स्वीकृतिका लागि पेश भएको छ।

२. मन्त्रालय अन्तर्गतका सबै विभागहरु (सडक विभाग, रेल विभाग, यातायात विभाग र पानी जहाज कार्यालय) को वर्तमान अवस्थाको ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने कार्य सम्पन्न भएको छ ।

३. वर्षात् अवधिभर राष्ट्रिय राजमार्गहरुमा यातायात अवरोध नहुने गरी आवश्यक व्यवस्था गरिने र अवरोध भएको खण्डमा विशेष अवस्थामा वाहेक बढिमा २ घण्टा भित्र अवरोध हटाई सवारी सुचारु गर्ने व्यवस्था मिलाईएको छ । सो कार्यका लागि १३५ वटा यान्त्रिक उपकरणहरु विभिन्न सडक खण्डमा तैनाथ अवस्थामा राखिएका छन् भने १२९ वटा यान्त्रिक उपकरणहरु आवश्यकता अनुसार तत्काल परिचालन हुने गरि Stand by राखिएको छ।

४. वर्षातका कारण अवरुद्ध हुने सडक यातायातको लाइभ जानकारी मन्त्रीज्यूको कार्यकक्षमै हुने गरी रोड क्लोजर अपडेटको सिस्टम जडान गरिएको।

५. निर्माणधीन बाहेकका प्रमुख राजमार्गहरुमा प्रथम चरणको पटके मर्मत कार्य सम्पन्न गरी ६००० कि.मी. सडक लम्बाईमा खाल्डा खुल्डी रहित बनाईने लक्ष्य अनुसार पटके मर्मत कार्यका लागि सबै सडक डिभिजन कार्यालयहरुबाट बोलपत्र आवहानको सूचना प्रकाशन भईसकेको छ। प्रथम चक्रको पटके मर्मत दशैं अगावै सक्ने लक्ष्य राखिएको छ ।

६. चालक अनुमतिपत्र (Driving License) लाई राष्ट्रिय परिचयपत्रसँग आवद्ध गर्ने प्रयोजनको लागि २०८१।०४।३० गते राष्ट्रिय परिचयपत्र तथा तथा पन्जिकरण विभाग र यातायात व्यवस्था विभागबीच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भइसकेको छ।

७. बर्दिवास-निजगढ (चोचा) खण्डको सम्पन्न हुन बाँकी ३ वटा रेलपुल मध्ये २ वटा रेलपुल (मराहा र बर्दिवास सम्पन्न भएको छ ।

८. समग्र मन्त्रालय तर्फ आ. व. २०८१/८२ मा विनियोजन भएको बजेट मध्ये श्रावण मसान्तसम्म रु. ६ अर्ब १८ करोड खर्च भइ ४.११ % वित्तीय प्रगति हासिल भएको अवस्था रहेको छ ।

९. आयोजनाहरुको काम गुणस्तरीय रुपमा समयमै सम्पन्न गर्ने सुनिश्चतताका लागि निर्माणाधीन सडक तथा पुलको स्थलगत अवस्था अनुगमन गरी आवश्यक निर्देशन दिन काम गरिएको छ । यस क्रममा मिति २०८११०४११८ मा सुर्यविनायक धुलिखेल सडकको स्थलगत अनुगमन गरी निर्माण कार्यको अवस्था अवलोकन गर्नुका साथै आयोजनाका चुनौतिहरुवारे स्थानीय जनप्रतिनिधि लगायत सरोकारवालाहरु सँग छलफलमा सहभागी भई आयोजना सम्बद्ध कर्मचारीहरुलाई स्थानीय तहसँग प्रभावकारी समन्वयका साथ आयोजनाको कामलाई तिब्रता दिन निर्देशन दिइएको छ ।

१०. अरनिको राजमार्गको धुलिखेल खावा खण्डमा सडक निर्माण कार्य सुचारु हुन नसकी सो सडकबाट दैनिक गुड्ने सयौं सवारी साधन र तिनमा सवार यात्रुले सास्ती खेप्नु परेको गुनासो आएको सन्दर्भमा उक्त सडक खण्डको निर्माण व्यवसायीलाई सो सडक तत्काल सहज बनाउन र ३ महिनभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिइएको।

११. अरनिको राजमार्गको बाह्रविशे नजिक खागदल खोलाको पूल वर्षाले बगाएकोले सवारी ताथा मानिस आवागमनमा समस्या भएकोमा उक्त अवरुद्ध सडक डाइभर्सन गरी तत्काल सुचारु गर्न र सो स्थानमा तत्कालका लागि बेलिब्रिज जडान गर्न निर्देशन दिइएकोमा तत्काल डाइभर्सनमार्फत सडक सुचारु भएको र बेलिब्रिज जडानका लागि मिति २०८१/०४/२५ मा ठेक्का लगाइ बेलिब्रिज जडान कार्य शुरु भइसकेको।

१२. सम्माननीय प्रधानमन्त्रीज्यूको समुपस्थितिमा सडक विभाग र अन्तर्गतका निकायहरुको आ. व. २०८०/८१ को वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ। उक्त गोष्ठी समापन कार्यक्रमको अवसरमा मन्त्रालयको समग्र कार्यप्रगतिको प्रस्तुतिपछि सम्माननीय प्रधानमन्त्रीज्यूबाट विभिन्न विषयहरुमा निर्देशन प्राप्त भएको छ।

१३. मन्त्रालय अन्तर्गतको सडक बोर्ड नेपालमा रिक्त रहेको तीन जना बोर्ड सदस्यको पद पूर्ति गरि बोर्डलाई पूर्णता दिइएको छ ।

१४. मन्त्रालय मातहतका रुग्ण ठेक्काहरुको अध्ययन गरी १ महिना भित्र मन्त्रालयमा प्रतिवेदन पेश गर्न सह सचिव श्री अर्जुन प्रसाद अर्यालको संयोजकत्वमा समित गठन गरिएको।

१५. कमलादी स्थित काठमाण्डौं महानगरपालिका भवन अगाडि बर्षाको कारण टुकुचा खोलामाथि बनेको कल्भर्टको Abutment क्षतिग्रस्त भएको र सो पश्चात माननीय मन्त्रीज्यू सहितको मन्त्रालयको उच्चस्तरीय टोलीले स्थलगत अवलोकन गरि तत्काल ठेक्का गरि कल्भर्ट पुनःनिर्माण गर्ने निर्देशन दिइए अनुसार सडक डिभिजन काठमाण्डौबाट ठेक्काको सूचना प्रकाशित गरिसकिएको छ ।

१६. आ. व. २०८०/८१ को अन्त्यमा बजेट अभावको कारण भुक्तानी हुन नसकेको ८ अर्व ६६ करोड रकमको विवरण संकलन गरी बजेट व्यबस्थापनको लागि पहल गरिएको छ । यस अवधिमा सडक विभागकी पूँजीगत खर्च ४ अरब ३० करोड रहेको छ ।

१७. नागढुंगा सुरुङ मार्गको मुख्य टनेलमा श्रावणमा मात्र १८८ मिटर कंक्रिट लाईनिंग कार्य सम्पन्न गरी जम्मा २४२६ मिटर लाईनिंग कार्य सम्पन्न गरिएको छ ।

१८. ११२६ मिटर लामो सिद्धबाबा सुरुङमार्ग अन्तर्गत १४४ मिटर सुरुङ खन्ने कार्य सम्पन्न भएको छ ।

१९. पूर्व – पश्चिम राजमार्ग अन्तर्गत बुटवल गोरुसिंगे खण्डको ठेक्का सम्झौता कार्य सम्पन्न भएकोमा हाल निर्माण व्यवसायी साईटमा परिचालन हुने क्रममा रहेको छ ।

२०. पूर्व पश्चिम राजमार्ग अन्तर्गत कमला ढल्केबर – पथलैयाको कमला वाग्मती खण्ड स्तरोन्नतिको लागि बोलपत्र मुल्यांकन पश्चात ‘नो अब्जेक्सन को लागि विश्व बैंक पठाईएको ।

२१. सडक सुरक्षामा देखिएको हालकी गम्भीर अवस्थालाई सम्बोधन गर्न सडक सुरक्षा ऐनलाई यथाशीघ्र अनुमोदन गराई कार्यान्वयनमा लगिने तयारी भएको छ ।

२२. हुलाकी राजमार्ग अन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज भित्रको माडीको बगाई देखि अमुवा हुँदै ठोरी सडकको विकल्पमा बगाई देखि कुसुम खोला हुँदै ठोरी र रिउ राप्ती खण्डमा कसरा पुल देखि ध्रुवाघाट देउराली बनकट्टासम्मको विकल्पमा रिउ खोला (बनकट्टा) देखि ध्रुवाघाट राप्ती नदीमा नयाँ पुल निर्माण गरी जगतपुर जोड्ने सडक खण्डको रेखाङ्कन स्वीकृतिको लागि नेपाल सरकार (मन्त्रिपरिषद्) मा प्रस्ताव पेश गरिएको छ।

२३. संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ अनुसारको विषयगत समितिको बैठक मिति २०८१।०४।३२ गते सिमितका संयोजक तथा भौतिक पूर्वधार तथा यातायात मन्त्रालयका मन्त्री श्री देवेन्द्र दाहालको अध्यक्षतामा सातै प्रदेशका यातायात व्यवस्थापन सम्बन्धी मन्त्रालयका मन्त्री र सचिवहरुको उपस्थितिमा बैठक बसी यातायात व्यवस्थापन तथा सवारी चालक अनुमति पत्र सम्बन्धी विभिन्न महत्वपूर्ण विषयहरुमा सहमति तथा निर्णय गरिएको।
क) सवारी चालक अनुमति पत्रको छपाई तथा वितरण समयमा हुन नसकेको र यसबाट सेवाग्राहीलाई परेको असुविधालाई मध्यनजर गरी सवारी चालक अनुमति पत्रलाई राष्ट्रिय परिचय पत्रसँग आवद्ध गरी राष्ट्रिय परिचय पत्रबाट पनि सवारी चालक अनुमति पत्रको विद्युतीय प्रति हेर्न सकिने बनाउने ।
ख) प्रदेश मातहतका यातायात कार्यालयहरुबाट जारी हुने राजश्व रसिदलाई Hard Paper मा कार्डको रुपमा स्तरीकरण (Standardized) गरी सोही रसिदमा QR code र फोटो समेत अंकित हुने गरी रसिद उपलब्ध गराउने व्यवस्था गर्ने र यसलाई समेत यातायात व्यवस्थापन कार्यमा प्रयोग गर्ने
ग) इम्बोस्ड नम्बर प्लेट जडान प्रक्रियालाई छिटो र प्रभावकारी बनाउने

सवारी चालक अनुमतिपत्र व्यवस्थापन सम्बन्धमा
घ) सवारीको चालक अनुमतिपत्र लिनका लागि लिखित, प्रयोगात्मक परिक्षा लिने, राजश्व लगायतका सेवा प्रवाहमा हुने भिडलाई व्यवस्थित गर्न तीन महिनाभित्र प्रदेश सरकारले Queue Management System लागु गरी सक्ने,

ङ) प्रदेशमातहतका सबै यातायात कार्यालय र सेवा कार्यालयहरुले सवारी चालक अनुमतित्रका लागि लिइने लिखित र प्रयोगात्मक परिक्षामा बायोमेट्रिक Attendance लाई अनिवार्य गराउन आवश्यक उपकरण र प्रणाली तीन महिनाभित्र जडान गरिसक्ने र यसमा विभागले प्राविधिक सहयोग गर्ने,

च) प्रदेशमातहतका सबै यातायात कार्यालय र सेवा कार्यालयहरुले प्रयोगात्मक परीक्षाको नतिजालाई आवश्यक प्रविधिको प्रयोग गरी थप विश्वसनीय, वैज्ञानिक र पारदर्शी बनाउने,

सवारी चालक अनुमतिपत्र छपाइ सम्बन्धमा
छ) सवारी चालक अनुमतिपत्रसम्बन्धी केन्द्रीय तथ्याङ्क (central database) यातयात व्यवस्था विभागमा रहने गरी र देशभर एउटै मापदण्ड (standard) र स्पेशिफिकेसन अनुसार प्रदेशले सवारी चालक अनुमतिपत्र (क्यू. आर. कोडसहितको) छपाइका लागि तत्काल खरिद प्रक्रिया अगाडि बढाउने र सोका लागि विभागले आवश्यक प्राविधिक सहजीकरण गर्ने ।

विद्युतीय सवारी दर्ता प्रणाली कार्यान्वयन
ज) हरेक कार्यालयहरुले आफ्नो ढड्‌ढामा राखिएको अभिलेख लाई थप स्रोतसाधन तथा कार्ययोजना बनाई Digitized गरी EVRS मा अपलोड गर्ने,
झ) EVRS कार्यान्वयनमा हाल देखा परेका समस्या र सो उपर प्राप्त सुझावहरुलाई समावेश गरी EVRS अ‌द्यावधिक गरी सबै प्रदेश मातहतका कार्यालयमा लागु गर्ने र यसका लागि केन्द्र तथा प्रदेश सरकारले आवश्यक सहजीकरण गर्ने।
धन्यवाद ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
मिति २०८१/०५/०२

प्रकाशित: २०८१ भदौ २ गते आईतबार ०५:०७
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना