२०८३ कार्तिक २१ गते शुक्रबार

भागबन्डा मिलाउन गण्डकीमा मन्त्रालय फुटाउँदै कांग्रेस-एमाले

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १०
surendraj pande

पोखरा- गण्डकीमा कांग्रेस र एमालेबीच भागबन्डा मिलाउनका लागि मन्त्रालय फुटाउने तयारी गठबन्धनले गरेको छ। एमालेलाई ४ मन्त्रालयका दिनका लागि हाल ७ वटा मन्त्रालय रहेको गण्डकीमा १० वटा मन्त्रालय बनाउने तयारी गठबन्धनले गरेको हो।

४ वटा मन्त्रालय नदिए गण्डकी सरकारमा नजाने एमालेले अड्डी कसेपछि मन्त्रालय बढाउन मुख्यमन्त्री सुरेन्द्र पाण्डे सहमत भइसकेका छन्। एमालेलाई ४ मन्त्रालय दिन र १० मन्त्रालय पुर्‍याउने तयारी पाण्डेको छ।

‘मन्त्रालय नबढाई २ वटा एमालेलाई दिएर सरकारमा ल्याउने तयारी सफल हुन नसकेपछि मुख्यमन्त्री मन्त्रालय बढाउन तयार हुनुभएको छ,’ कांग्रेसका एक सांसदले भने, ‘३ वटा मन्त्रालय दिँदा पनि एमाले नमानेपछि १० पुर्याउने भएको छ।’ अब कांग्रेसले ६ मन्त्रालय लिनेछ भने एमालेले ४ वटा।

अहिले गण्डकी सरकारमा कांग्रेसका अतिरिक्त माओवादीको चुनाव चिन्हबाट निर्वाचित नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) पनि छन्। उनीहरूलाई सरकारबाट हटाएपछि मात्र सरकारमा सहभागी हुन सकिने अडान एमालेले राखेको थियो। तर अप्ठेरो समयमा आफूलाई साथ दिएका दुवै सांसदलाई मुख्यमन्त्री पाण्डेले हटाउन चाहेनन्। यसपछि एमालेको शर्त अनुसार उनीहरूलाई कांग्रेसकै कोटामा मन्त्री दिने र आफूहरूलाई ४ मन्त्रालय दिन भनेका थिए।

१० मन्त्रालय पुर्‍याएपछि कांग्रेसले थप एक मन्त्रालय पाउनेछ। एमालेका ४ मन्त्री बन्नेछन्। हाल कांग्रेसबाट मुख्यमन्त्रीसहित ३ जना र मुख्यमन्त्रीलाई मत दिएका देवकोटा र मनाङे मन्त्री छन्।

मन्त्रालयको सङ्ख्या बढाएपछि मन्त्रीहरूको जिम्मेवारीमा पनि हेरफेर गर्ने तयारी पाण्डेको छ। मनाङेलाई युवा तथा खेलकुद मन्त्रालय दिने तयारी छ।

एमालेले भने ४ मन्त्रालय लिने विषयमा कुराकानी भएपनि क-कसलाई सरकारमा पठाउने भन्ने निर्णय भएको छैन।

प्रकाशित: २०८१ भदौ १० गते सोमबार ११:२३
प्रतिक्रिया

थप समाचार

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

‘एलपी ग्यासमुक्त पालिका’ योजना कार्यान्वयन गर्न ऊर्जामन्त्रीको निर्देशन

'नवीकरणीय ऊर्जालाई अनुदानबाट उद्यम र रोजगारीसँग जोड्नुपर्छ'

को हुन् नवनियुक्त आईजीपी केसी? किन हुँदैछ ५३ साल दोहोरिएको चर्चा?

काठमाडौँ: सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको विशेष सुरक्षा...

मनोज केसी आईजीपी नियुक्त, दानबहादुरलाई प्रधानमन्त्रीको विशेष सुरक्षामा तानियो

काठमाडौँ: सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए। दानबहादुर कार्कीलाई आईजीपीबाट...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना