काठमाडौं– मङ्गलबार प्रतिनिधिसभा बैठक दिउँसो एक बजे बस्दैछ।
संसद सचिवालयका अनुसार बैठकमा आझ सांसद र मन्त्रीबीच सवालजवाफ कार्यक्रम रहेको छ।
कार्यसूची अनुसार स्वास्थ्य तथा जनसङ्ख्या, वन तथा वातावरण र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका मन्त्रीले जवाफ दिनेछन् भने सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउनेछन्।
अर्थमन्त्री विष्णु पौडेलले ‘धितोपत्र बोर्डसम्बन्धी पहिलो संशोधन विधेयक, २०८१’ माथि विचार गरियोस भन्ने प्रस्ताव पेस गर्नेछन्।


