काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संस्थापक महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी बर्खास्त गरेको छ।
रास्वपाको केन्द्रीय समितिको मंगलबार बिहान बसेको बैठकले ढकाललाई साधारण सदस्य समेत नरहने गरी बर्खास्त गरेको हो।
रास्वपाले यसअघि दुईपटक ढकाललाई स्पष्टीकरण सोधेको थियो।
ढकालले दुवैपटक जवाफ दिँदा सभापति रवि लामिछाने माथि नैतिकताको प्रश्न उठाएका थिए।
लामिछानेको नैतिक धरातल नरहेको र उनी ‘ठग’ भएको प्रमाणित आफूले गर्नसक्ने पत्र रास्वपालाई ढकालले पठाएका थिए।


