काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का १७ पदाधिकारी निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद पाण्डे मंगलबार निर्विरोध निर्वाचित भएका थिए।
बुधबार बिहान सम्पन्न मतगणनामा बाँकी १७ पदाधिकारी चयन भए। ६७ जनाबीच प्रतिस्पर्धाबाट १७ जना पदाधिकारीमा आएका हुन्।
त्यस्तै, उपाध्यक्षमा जयन्ती राइ, धर्मनाथ शाह, प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, गंगालाल तुलाधर र भानुभक्त जोशी निर्वाचित भएका छन्। राई र शाह पूर्व उपाध्यक्ष हुन् भने ज्वाला, खतिवडा र तुलाधर पूर्वउपमहासचिव हुन्।
यसैगरी उपमहासचिवमा गरिमा शाह, राजेन्द्र राई, मेटमणि चौधरी र रामकुमार भट्टराई निर्वाचित भएका छन्। शाह र राई पूर्वसचिव हुन्।
एकीकृत समाजवादीको सचिवमा सात जना निर्वाचित भए। समावेशी सचिवमा बलदेव चौधरी र गणेश विक निर्वाचित हुँदा खुलाबाट शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डे, सावित्रा भुसाल र श्रीनाथ बराल चयन भए।
एकीकृत समाजवादीको अध्यक्षमा मावधकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल यसअघि नै सर्वसम्मत चयन भएका थिए।
गत असार १६ देखि २० गतेसम्म काठमाडौंस्थित प्रज्ञा भवनमा सम्पन्न दशौं महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महासचिव चयन भएका थिए। उनीहरू सबै ताली बजाएर सर्वसम्मत बनाइएका थिए।


