काठमाडौँ– नेकपा एकीकृत समाजवादी पार्टीले पदाधिकारी र पोलिटब्युरो सदस्य छनोटका लागि गरेको निर्वाचनको परिणाम आएको छ।
मतपरिणामअनुसार रामकुमारी झाँक्री पनि पोलिट्ब्युरो सदस्यमा विजयी भएकी छन्। उनले १ सय ८२ मत पाएकी छन्।
झाँक्री महिला उपाध्यक्ष पदमा भएको निर्वाचनमा जयन्ती राईसँग पराजित भएकी थिइन्। महिला उपाध्यक्षमा जयन्ती राई १८९ मत पाएर विजयी हुँदा रामकुमारी झाँक्रीले १ सय १२ मत मात्रै पाएकी थिइन्।
पदाधिकारीको बुधबार आएको परिणाममा पोलिटब्युरो सदस्यमा विरोध खतिवडाले सबैभन्दा बढी २०१ मत प्राप्त गरेर विजयी भएका छन्।
यस्तै जीवनराम श्रेष्ठ १९५ र रमा आलेमगरले १९४ मत पाएका छन्।


