काठमाडौँ- उमेरहद अनुसार आफूहरूलाई अवकाशमा नपठाउन प्रहरी अधिकारीले गरिएको माग अनुसार सर्वोच्च अदालतले अन्तरिम आदेश माग जारी गर्न अस्वीकार गरेको छ।
न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले रिट निवेदक प्रहरी अधिकारीले मागेअनुसार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।
सर्वोच्चले प्रहरी अधिकारीलाई अवकाशमा पठाउनु पर्ने कारण पेस गर्न पनि विपक्षीसँग लिखित जवाफ मात्र माग गरेको छ।
दर्जाअनुसार विभिन्न उमेरमा हुने अवकाश कार्यान्वयन नगर्न माग गर्दै एआईजी श्यामलाल ज्ञवाली, डीआईजीहरु यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बाँस्तोला र इन्सपेक्टर नागेन्द्र ठाकुरले बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए।
उनीहरु पदअनुसारको उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदैछन्। प्रहरी किताबखानाले उनीहरुलाई अवकाशको पत्र पठाइसकेको छ।
आफूहरुलाई पठाइएको अवकाशपत्र उमेर हदको विषय समेत ऐनमा उल्लेख गरेर कार्यान्वयन गराउनू भन्ने यसअघिको सर्वोच्चको फैसला अनुसार नभएको उनीहरुको जिकिर थियो।


