काठमाडौँ- ‘हेर्ने कथा’बाट चर्चामा आएका प्रकाश तामाङ ‘काले’ गोरखाबाट फर्किएका छन्। गोर्खाबाट काठमाडौँ आउने र काठमाडौँबाट भोजपुरका लागि फर्कने गरी उनी चुमभ्यालीबाट प्रस्थान गरेका हुन्।
‘हेर्ने कथा’ टिमले चुम भ्यालीमा उनलाई भेटेपछि झापामा रहेका आफन्त र भोजपुरमा रहेका बाबुआमासँग भेट गराएको थियो। लगत्तै चुमभ्याली फर्किएका प्रकाश दशैँतिहार मान्न फेरि भोजपुर गएर पुन: गोरखाकै चुमभ्याली गएका थिए।
प्रकाशलाई साहू टासी लामाले पारिश्रमिकस्वरूप १० लाख दिने भएका छन्। त्यस्तै गाउँपालिकाले १ लाख रूपैयाँ दिने चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताएका छन्।
प्रकाशलाई जनप्रतिनिधि, साहूलगायतले खादा लगाएर गोरखाबाट बिदाइ गरेका छन्। प्रकाशले नागरिकता बनाएपछि बैङ्क खाता खोल्नासाथ साहू र गाउँपालिकाले रकम जम्मा गरिदिने बताएका छन्।
प्रकाशको पारिवारिक मिलनले भावुक बनाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो एकपटक प्रकाशलाई भेटेर उनको कुरा सुन्न चाहेको इच्छा राखेका थिए।


