जनकपुर: धनुषामा नेपाल आयल निगमका एक कर्मचारीको हत्या भएको छ।
क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगर डिपोमा कार्यरत राकेश वर्माको हत्या भएको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार निगमकै दुई कर्मचारीबीच झगडा हुँदा वर्माको हत्या भएको हो। सरसफाइको कुरामा विवाद हुँदा वर्मामाथि बेल्चा प्रहार भएको पाइएको प्रहरीले जनाएको छ।
घटना बिहीबार राति १० बजेको हो। घटनापछि फरार रहेका आरोपितलाई प्रहरीले पक्राउ गरिसकेको छ। तर, परिचय भने खुलाएको छैन।


