काठमाडौँ- त्रिभुवन विमानस्थलबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण गरिएको छ। सोमबार बिहान श्री एयरलाइनसको श१२१ जहाजलाई आकस्मिक रूपमा अवतरण गराइएको हो।
सुर्खेतका लागि उडेको केही समयमा नै बिहान ८ बजे त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराएका हुन्। जहाजमा ‘नोज ह्विल लक’को समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतको भनाइ छ।
कम्पनीका बजार प्रबन्ध अनिल मानन्धरका अनुसार यात्रुलाई अर्को विमानबाट सुर्खेत पठाइएको छ।


