विराटनगर- पूर्वमुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा सचिवालय अगाडि आमरण अनसन बस्ने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा निषेध आदेश जारी गरेको छ।शान्तिसुरक्षामा असर पर्न सक्ने भन्दै प्रशासनले निषेध आदेश जारी गरेको हो।
अपराह्न ३ बजेदेखि अनिश्चितकालका लागि निषेध आदेश जारी गरिएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले सर्वसाधारण तथा सवारीसाधन आवतजावतबाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्याली, धर्ना, प्रदर्शनीलगायत विरोधजन्य कार्यहरू गर्न रोक लगाउनेगरी निषेध आदेश जारी गरेका छन्।
पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपर ३०० मिटर क्षेत्र, प्रदेश प्रमुखको कार्यालय तथा निवास वरिपरि ३०० मिटर क्षेत्र, र जिल्ला प्रशासन कार्यालय, मोरङ क्षेत्रमा निष डाँफे चोकदेखि पूर्व निषेधाज्ञा जारी गरेको छ।
पूर्वमुख्यमन्त्री कार्कीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष ९ वटा माग राख्दै ४८ घण्टाको अल्टिमेटम दिएका थिए। उनले आफ्ना माग पूरा नभए आमरण अनसन बस्ने चेतावनी दिएका थिए।


