२०८३ कार्तिक १७ गते सोमबार

काठमाडौँ महानगर बन्ने भयो येँयाको अभिभावक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २७
dsc00011

काठमाडौँ- येँया (इन्द्रजात्रा) को मौलिक परम्परामा कमी हुन नदिन काठमाडौँ महानगरपालिकाले अभिभावकीय भूमिका निर्वाह गर्ने भएको छ।

इन्द्रजात्रा व्यवस्थापन समिति तथा गुथिहरुसँग समन्वय गर्ने, जात्रा सञ्चालनका लागि रकम निकासा दिने, मौलिक बादन, गायन, नृत्य, सृङ्गार, खानपान तथा क्रियाकलापको नियमित सञ्चालनमा प्रोत्साहन गर्ने तथा प्रवर्धन गर्ने काम गरिरहेकाले यसलाई बचाउन महानगरले अभिभावकीय भूमिका निभाउने महानगरले बताएको दिएको हो।

येँया ११४४ का अवसरमा महानगर विशेष कार्यक्रम मूल समारोह समितिले आज हनुमानढोकाको लोँह चोकमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘स्थानीय मौलिक जात्रा पर्व जोगाउन स्थानीय सरकारलाई प्राप्त भएको जिम्मेवारी महानगरपालिकाले पूर्ण रुपमा निर्वाह गरिरहेको छ। आगामी दिनमा पनि गर्नेछ।’

कार्यक्रममा इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्षले, देवदेवतासँग सम्बन्धित नृत्यहरु व्यावसायिक क्षेत्रमा प्रदर्शन हुन थालेको प्रसङ्ग उल्लेख गरेपछि उनले भनिन्, ‘मौलिक जात्रालाई राजनीति र विकृतिबाट बचाउनुपर्छ। यसमा सबै पक्षबाट निगरानीको खाँचो छ।’

परम्परागत संस्कृतिको प्रवर्धनका लागि प्रविधिको उपयोगलाई महानगरपालिकाले प्रयोग गरेको छ।

महानगर प्रवक्ता नविन मानन्धरले यस वर्षदेखि महानगरपालिकाले विशेष पूजासहितको जात्रासँग सम्बन्धित लाखे आजु, पुलुकिसी, हल चोक भैरव (सव भकु) र महाकाली नाच प्रदर्शनको परम्परा थालनी गर्ने जानकारी दिए।  यस वर्ष उपत्यकाका जनप्रतिनिधिलाई आमन्त्रण गरेर नृत्य अवलोकन गराइने उनको भनाइ छ।

आय नभएका कारण जात्राका कुनै पनि क्रियाकलाप रोकिन नदिने बताउँदै मूल समारोह समितिका संयोजक आशामान संगतले भने, ‘गुठी सञ्चालनमा कठिनाइ हुन सक्छ। आपसी केही नमिलेका कुरा हुन सक्छन्। पर्वलाई उल्लासमय बनाउनुपर्छ।’

यस वर्ष कुमारी रथ यात्रा छिट्टै सुरु गर्ने योजना छ। इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौत्तम शाक्यले, श्रीगणेश र श्रीभैरवलाई दिउँसो १ बजे कुमारी घरमा आइ पुग्न आमन्त्रण गरिएको जानकारी दिए।

‘पर्वमा प्रस्तुत हुने देवीदेवताको नक्कल गरेर होटल तथा रेष्टुरेन्टमा विभिन्न प्रस्तुति हुने गरेको हामीले सूचना पाएका छौँ। यसो गर्नु गलत हो। विकृति हो। यसलाई रोक्नु पर्ने सुझाव आएको छ,’ गौतमको भनाइ छ।

कार्यक्रममा गल्ली म्याप्सबाट राज महर्जनले जात्राका अवसरमा लोकेसन हेर्न प्रयोग हुने जिपिएस डिभाइस उपप्रमुख डंगोललाई हस्तान्तरण गरेका थिए।

यस वर्षको येँयाअन्तर्गत यःसिंलाई हनुमानढोका कागेश्वरी मन्दिर नजिक उत्थान गर्ने खाल्टोको छेउमा ल्याइसकिएको छ।

भदौ २० गते मानन्धर समुदायका गुठियार बिहान १० बजेर ४७ मिनेटको साइत पारेर गुर्जुको पल्टनसहित वन प्रस्थान गरेका थिए।

त्यसै दिन साँझ ८ बजेर २७ मिनेटको साइतमा वृक्ष कर्तन भएको थियो। त्यसको भोलिपल्ट यःसिं तानेर भोटाहिटी ल्याइयो।

यसलाई २६ विहान १० बजेर ३२ मिनेटको साइतमा नगर प्रवेश गराइएको हो।

प्रकाशित: २०८१ भदौ २७ गते बिहिबार १०:००
प्रतिक्रिया

थप समाचार

१४ स्थानमा टाटा ‘गुरु’हरूलाई बीएस–६ प्रविधिसम्बन्धी तालिम दिँदै सिप्रदी

काठमाडौँ: टाटा कमर्सियल गाडीको मर्मत तथा सर्भिसिङमा संलग्न प्राविधिक जनशक्तिको सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सिप्रदी अटोपार्ट्स र सिप्रदियन सहायता संस्थाले संयुक्त रूपमा बीएस–६...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।

नागढुङ्गा सुरुङमार्ग प्रयोगवापत पहिलो दिनमै ११ लाख ७० हजार संकलन

काठमाडौँ: नागढुङ्गा सुरुङमार्ग प्रयोग भएको पहिलो दिन नै करिब ११ लाख ७० हजार रुपैयाँ टोल दस्तुर संकलन भएको छ। पहिलो दिन आइतबार ७ हजार ५०० हाराहारी सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका थिए। सुरुङमार्ग...

कर्नालीको अपराजित यात्रामा ब्रेक, काठमाडौँ ४ विकेटले विजयी

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा काठमाडौँ गोर्खाजले कर्नाली याक्सलाई ४ विकेटले हराएको छ। लगातार तेस्रो जितको खोजीमा रहेको कर्नालीको...

भारतमा बिजुलीको माग २१.८८ प्रतिशत बढ्यो

नयाँ दिल्ली। औद्योगिक तथा व्यवसायिक गतिविधि विस्तारसँगै भारतमा विद्युत खपत बढ्दै गएको छ। बिजुलीको माग २१.८८ प्रतिशत बढेर १ खर्ब ५९ अर्ब ७६ करोड युनिट पुगेको छ। वृद्धिको मुख्य कारण चाडपर्वको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना