काठमाडौँ– नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ। इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि मूल्य समायोजन गरिएको हो।
नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४ र डिजेल/मट्टितेलमा ५ रुपैयाँले घटाइएको छ।
अब काठमाडौँमा पेट्रोलको मूल्य १५९ रुपैयाँ र डिजेल/मट्टीतेलको मूल्य १४९ रुपैयाँ कायम भएको छ।
घटेको मूल्य आजै रातिदेखि लागू हुनेछ।


