२०८३ कार्तिक २४ गते सोमबार

पाश्चात्य संस्कृतिको देखासिकी ‘केक-काण्ड’

 |  सचिन्द्र श्रेष्ठ
Sanket

सचिन्द्र श्रेष्ठ

काठमाडौँ, असोज १
sachindra_shrestha

भर्खरै तीज सकिएपनि महिनादिन अघिदेखि नै यसको उल्लास सामाजिक सञ्जालमा देख्न पाइन्छ। तीजको उत्सव सकिन नपाउँदै अर्को ‘उल्लास’ पनि सामाजिक सञ्जालमा आएको छ। त्यो हो- गणेशचतुर्थीका दिन भक्तजनले केक काटेको दृश्य। यो विषयको समर्थन र विरोधमा सामाजिक सञ्जालमा आरोपप्रत्यारोप चल्यो।

विशेषत: हाम्रो धार्मिक आस्था ,सद्भाव र स्वतन्त्रतामाथि कसैको हस्तक्षेप जायज होइन। आफूले मान्ने संस्कृति होस् या परम्परालाई दिगो होस् भन्ने कामना हुन्छ। तर बदलिदो परिवर्तनसँगै हाम्रो भाषासंस्कारमा पाश्चात्य शैलीको आगमनले व्यापक बदलाव आएको पक्कै हो।

मन्दिरमा केक काट्नु ठीक हो या होइन भन्ने बहस आफ्नै ठाउँमा होला। मन्दिरमा केक काटिएको यो नै पहिलो घटना पनि होइन। तर बहस भने यतिबेला पनि भइरहेकै छ।

जनकपुरको जानकी मन्दिरमा केही भक्तजनहरुले जन्मदिन र वैवाहिक कार्यक्रम मनाउने उद्देश्यले २०७७ वैशाखताका केक काटेका थिए। त्यसबेला पनि यो विषयमा चर्चा भएको थियो। अघिल्लो महिनामा एक नायिकाकी आमाको जन्मदिन पनि मन्दिरमा नै केक काटेर मनाइएको थियो। केक काट्नु आफूलाई भाग्यमानी ठान्ने एक उपकरण हो भन्ने महसूस हुन थालेको छ।

आधुनिकताको नाममा बढिरहेको ‘विकृति’ले नेपाली समुदायका मौलिकता विस्तारै पाश्चात्य शैलीको गुलाम हुने अवस्था आउन बेर लाग्दैन।

चथा:/चख: (गणेशचतुर्थी)का दिन मरुगणेश अशोकविनायकमा भक्तजनले केक कट्नु न्यायोचित हो कि होइन भन्ने पनि होला। हुन त श्रद्धा र आस्थाले अन्य फलफूल, प्रसाद, लड्डु पनि चढाउन सकिन्थ्यो। तर किन केक नै काटियो त भन्ने मुख्य कुरा हो। किनकि केक काट्ने चलन आजकल फेसन भइसकेको छ। जन्मदिन होस् या व्रतबन्ध नै किन नहोस्, हरेक शुभकार्यमा केक काट्ने प्रवृति बढेको छ।

यतिसम्म बढ्यो अब केक काट्न र चढाउन मन्दिरमा नै पुग्न पर्ने पनि हुन थाल्यो। यस्तै भयो भने भोलिका दिनमा ‘ह्याप्पी बर्थडे कृष्ण! ह्याप्पी बर्थडे कृष्ण लक्ष्मी! ह्याप्पी बर्थडे कृष्ण गणेश! ह्याप्पी एनिभर्सरी शिवपार्वती!’ भन्ने दिन आउन सक्छ। जब कि केक काट्ने प्रचलन हाम्रो भने पक्कै होइन। जन्मदिन र विवाह वर्षगाँठ मनाइरहेका भगवानलाई चकित पार्ने गरी यस्तो क्रम भने बढिरहेको छ।

साना बालबालिकालाई केक काटेर उत्सव मनाउने वा केक मात्रै काटेर भएपनि रमाइलो गर्ने परिपाटीलाई अहिले बुढापाकादेखि तरुणतन्नेरीसम्मका लागि फेसन नै भइसक्यो। अब त भगवानलाई पनि त्यही लत लगाउन थालिएको छ।  मन्दिरसम्म पुगिसकेको छ। खुशियाली साटासाट गर्ने उत्तम उपाय केकभन्दा अरु केही हुन सक्दैन भन्ने भान परेको छ।

यो घटनामा मन्दिरले अनुसरण गर्न लागेको हो भने मन्दिरले नै जानोस्। तर हाम्रो संस्कृति ,परम्परा र रीतिरिवाजमा यस्तो क्रियाकलापको आलोचना वा बहस हुनु पर्दछ। परम्परा र संस्कृति जाति/समुदाय/सम्प्रदायको पहिचानको रुपमा रहेको हुन्छ। त्यही पहिचानको रुपमा रहेका कतिपय संस्कृतिहरु अहिले विकृतिका रुपमा बदलिइरहेका छन्।

यस लेखले केक नराम्रो भनेर भन्न खोजेको होइन, केक तथा बेकरीका परिकारको व्यवसाय गरिरहेकालाई असर गर्ने नियत पनि होइन। मात्र हाम्रो परम्परा र संस्कारलाई कुन बेला कसरी प्रयोग गर्न सकिन्छ भन्ने मात्र हो।

नेवा:संस्कृतिको चाडपर्वा वा मन्दिरमा ‘अएला’ रक्सी चढाउने र खाने परम्परा जीवित नै छ। तर रक्सी नखानेलाई खानै पर्छ भनेर कर लादिएको छैन। यही भनिरहँदा बली दिने प्रथा पनि जोड़न सकिन्छ। एकाथरि काटमार गर्न हुन्न भन्नेको जमात छ त अर्को थरि धार्मिक संस्कारका नाममा पशुबली चढाउने परम्परा कायमै छ।

सबै धर्म सम्प्रदायले आफ्नो आफ्नो तरिकाले चाडबाड र रीतिरिवाज मान्ने स्वतन्त्रता छ। तर अहिले सबैभन्दा पूर्वीय संस्कारमा पाश्चात्य लेप लगाउने प्रवृत्तिले मौलिकतामा असर पारेको छ। मौलिकताका कतिपय कुरा हेर्ने हो भने हाम्रो समाज अहिले उल्टो दिशातर्फ मोडिन थालेको भन्दा अत्युक्ति नहोला। आधुनिकताको नाममा बढिरहेको ‘विकृति’ले नेपाली समुदायका मौलिकता विस्तारै पाश्चात्य शैलीको गुलाम हुने अवस्था आउन बेर लाग्दैन।

हाम्रा मौलिक परिकारहरू विस्तारै विस्थापित हुँदै जानुका धेरै कारणमध्ये एक देखासिकीमा पश्चात्य शैलीको अन्धाधुन्न अनुशरण पनि हो। सहरी विलासी जीवनशैलीमा अन्धानुशरण विस्तारै बढ्दै छ। घरमै बनाउने मिठाइ र अन्य परिकारहरूको महत्त्व, तिनमा हुने पौष्टक गुण, स्वास्थ्यका हिसाबले पनि फाइदाजनक छन्।

पाश्चात्यीकरणको प्रमाणका रूपमा भिडियो र फोटो प्रर्दशन गर्ने नियति नै अहिलेको मुख्य समस्या हो। तसर्थ भावी पुस्तालाई आफ्नो संस्कृति र संस्कारबारे विद्यालय तहदेखि नै सिकाउन जरुरी छ। भाषा, संस्कृति, मौलिकता, भेषभुषा, रहनसहनको पहिचान रहेसम्म मौलिकताको अस्तित्व रहने हुँदा यसको जगेर्ना आवश्यक छ।

प्रकाशित: २०८१ असोज १ गते मङ्गलबार ०९:४२
प्रतिक्रिया

थप समाचार

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...

रेमिटेन्सले उज्यालिएको घर, उजाडिएको गाउँ

एउटा समय थियो सबै आधारहरू हामीसँग थिए, तर आर्थिक आधार हाम्रो कमजोर थियो। अहिले अवस्था उल्टिएको छ। आर्थिक आधार पहिलेभन्दा राम्रो छ, तर अरू सबै आधारहरू कमजोर र धराशयी बन्दै गएका छन्।

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...

इन्द्रजात्रासँग जोडिएका मिथ र तिनको ऐतिहासिक–व्यावहारिक सत्यता

काठमाडौँमा नेवार समुदायको परम्परागत र सांस्कृतिक रूपमा अत्यन्त ठूलो महत्व बोकेको इन्द्रजात्रा (येँयाः पुन्हि) बारे विभिन्न पौराणिक मान्यता, जनश्रुति (पुरानो भनाइ) तथा ऐतिहासिक सत्यताहरू जोडिएका...

भोटेकोशीको कहरपछि उद्धारका ११ दिन: जंगलदेखि सुरुङसम्मको खोजी यात्रा

सुरुङभित्रको कठिन खोजी तथा उद्धार कार्य अर्को चुनौतीपूर्ण अध्याय थियो। खोजीको सबैभन्दा चुनौतीपूर्ण चरण आयोजनाका भूमिगत संरचनामा प्रवेश गरेपछि सुरु भयो। डिस्यान्डर बेसिनमा पानी जमेको थियो।...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना