२०८३ कार्तिक २१ गते शुक्रबार

पूर्वराष्ट्रपति भण्डारीले गरिन् जबजको आर्थिक व्याख्या

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ५
Bidhya-bhandari

पाटन- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) ले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएको बताएकी छन्।

मदन भण्डारी फाउन्डेसनको शनिबार ललितपुरमा आयोजित २५औँ स्थापना दिवस तथा रजत जयन्ती समारोहमा उनले जबजको मुख्य नीति राष्ट्रिय अर्थतन्त्र बलियो बनाउने रहेको र त्यसका लागि हरेक नागरिक आत्मनिर्भर हुँदै जानुपर्ने भनिन्।

‘जबज क्रान्तिकारी परिवर्तनको नवीन विचार हो। कम्युनिष्ट पार्टीमा लागेर प्राप्त गरेको पद, प्रतिष्ठान पनि जबजको प्रतिफल नै हो। यसैका आधारमा सामाजिक जागरण र जनतालाई आत्मनिर्भर बजाउन क्रियाशील हुनुपर्छ। दलाल पुँजीवादको भरमा समाजवादमा पुग्न सकिँदैन, त्यसकारण आत्मनिर्भर उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्नुपर्छ’, उनले भनिन्।

पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रिय पुँजीको प्रवर्द्धन गरेर समाजवादमा पुग्न सकिने धारणा राख्नुहुँदै संरक्षणमा उत्पादन वृद्धि र व्यापारको सन्तुलन कायम गर्न ध्यान दिनुपर्नेमा जोड दिइन्।

‘कृषि प्रधान देशमा हामी परनिर्भर छौँ। बाहिरबाट सामान ल्याउने, भन्सार उठाउने, अनि तलब खुवाउने कार्यले देशको विकास हुन सक्दैन’, उनले भनिन्,’हामीसँग आधारभूत स्रोत छ, यसलाई आधुनिक ढङ्गले प्रयोग गरेर युवाहरूलाई प्रोत्साहित गर्नुपर्छ।’

पूर्वराष्ट्रपति भण्डारीले मदन भण्डारी फाउन्डेसनले राष्ट्रिय आवश्यकताका महत्वपूर्ण क्षेत्रमा वैचारिक कार्यहरू गर्दै आएको बताइन्।

‘सीमित स्रोतसाधन र प्रतिकूलताका बीच पनि राष्ट्रिय जीवनका लागि काम गर्नु महत्वपूर्ण हो, विसं २०५० मा स्थापना भए पनि संस्थागत हिसाबले २०५६ सालदेखि फाउन्डेसन क्रियाशील छ। रजत जयन्ती मनाउँदासम्म यसले राष्ट्रिय आवश्यकताका महत्वपूर्ण क्षेत्रमा काम गर्दै आएको छ’, उनले भनिन्, ‘म पनि जबजकै स्कुलिङबाट आएको हुँ, फाउन्डेसनको सुरुआतले वामपन्थी आन्दोलनमा प्रगतिशील काम भएको छ। फाउन्डेसन समाजिक संस्था भए पनि वैचारिक सामाजिक संस्थाका रूपमा परिचित छ, फाउन्डेसनलाई कम्युनिष्ट फलाउने शक्तिका रूपमा लिइएको छ, यसलाई साझा बनाउन सक्दा राम्रो हुन्छ।’

अहिले देशको मौलिक कला, संस्कृतिमाथि हस्तक्षेप भएको छ भन्दै पूर्वराष्ट्रपति भण्डारीले कला, संस्कृतिको संरक्षणमा लाग्नुपर्ने बताईन्। ‘कलासंस्कृतिमाथि समस्या देखापरेको छ, भाषा संस्कृतिमाथि हस्तक्षेप भइरहेको छ, राष्ट्र र जनता पहिलो हो, तसर्थ यसलाई ध्यान दिएर काम गर्नुपर्छ’, उनले भनिन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले संविधान कार्यान्वयनको सन्दर्भमा जबज सक्रियता, जनसेवा, पहलकदमी प्रतिस्पर्धा र श्रेष्ठता भएको बताए।

‘जबज नेपालको मौलिकतामा विकसित भएको विचार हो, द्वन्द्वलाई विधिसम्मत ढङ्गले प्रस्तुत हुन दिनुपर्छ भन्ने यसको मान्यता हो। माक्र्सवादको प्रयोगको सिलसिलामा नेपाली मौलिकतामा प्रतिपादन भएको यस सिद्धान्त प्रतिवादबारे हामीले आफ्नो विशिष्टतामा रहेर विश्लेषण गर्नुपर्छ’, पोखरेलले भने।

उनले नेपालमा एउटा उदार पुँजीवादलाई प्रोत्साहन गर्ने र अर्काे सर्वहारा श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने दुई धारका शक्ति रहेको उल्लेख गर्दै प्रतिस्पर्धामा रहेका दुईवटा धारबीच आपत्कालीन अवस्थामा सहकार्य र प्रतिस्पर्धा दुवै हुने गरेको धारणा राखे। कार्यवाहक अध्यक्ष पोखरेलले नेपालको परिवर्तन पृथक ढङ्गले अगाडि बढेको सहमतिको साझा दस्तावेजका रूपमा रहेको संविधानले त्यसलाई संस्थागत गरेको बताए। सबै दलहरूको सहमतिका र छलफलका आधारमा संविधान संशोधन अगाडि बढाउन जरूरी रहेको उनको भनाइ थियो। ‘दलहरूका बीचमा विषय र प्रक्रियाका बारेमा छलफल भएन भने संविधान संशोधन हुन सक्दैन। सहमतिका साथ सहकार्य गर्दै जानुपर्छ भन्ने एमालेको धारणा हो, संविधानका आधारभूत कुराबाट विमुख हुनुहुँदैन, संशोधनका विषयमा हिजो संविधान निर्माणमा मुख्य भूमिका खेल्ने राजनीति दलहरुबीच छलफल र सहमति हुनुपर्छ’, पोखरेलले भने।

फाउन्डेसनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले मदन भण्डारीको योगदानलाई स्थापित गर्ने अभिप्रायले फाउन्डेसनको कार्यक्रम भइरहेका बताए। उनले लोकतन्त्रका नाममा हुने वैमनस्यतालाई रोक्दै देशको परराष्ट्र नीतिमा सबै दल एक हुनुपर्ने धारणा राखे।

‘मिडियामा मदन भण्डारी’ विषयमा प्रकाशित पुस्तकको सम्पादन गर्नुभएका नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा महेन्द्र विष्टले मदन भण्डारीले त्यतिबेला दिएका सबैजसो अन्तर्वार्ताहरू दूरगामी महत्वका भएको बताए। उनले भण्डारीका अन्तर्वार्ताहरूको सँगालोका रूपमा प्रकाशित यस पुस्तकमा विसं २०४७ को प्रारम्भदेखि २०५० सम्मका ६३ अन्तर्वार्ता रहेका जनाए।

कार्यक्रममा जनगायक रामकृष्ण दुवाललाई रु एक लाख एक हजार राशिको मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्रदान गरिएको थियो। त्यस अवसरमा डा भेषराज अधिकारी, सुशील प्याकुरेल, रामकृष्ण दुवाललगायतले मन्तव्य राखेका थिए। जननेता मदन भण्डारीका नाममा विसं २०५६ असोज ५ गते फाउन्डेसन स्थापना भएको हो। -रासस

प्रकाशित: २०८१ असोज ५ गते शनिवार ०९:४७
प्रतिक्रिया

थप समाचार

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

‘एलपी ग्यासमुक्त पालिका’ योजना कार्यान्वयन गर्न ऊर्जामन्त्रीको निर्देशन

'नवीकरणीय ऊर्जालाई अनुदानबाट उद्यम र रोजगारीसँग जोड्नुपर्छ'

को हुन् नवनियुक्त आईजीपी केसी? किन हुँदैछ ५३ साल दोहोरिएको चर्चा?

काठमाडौँ: सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको विशेष सुरक्षा...

मनोज केसी आईजीपी नियुक्त, दानबहादुरलाई प्रधानमन्त्रीको विशेष सुरक्षामा तानियो

काठमाडौँ: सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए। दानबहादुर कार्कीलाई आईजीपीबाट...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना