काठमाडौँ- नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। यो हालसम्मकै उच्च मूल्य हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
बुधबार चाँदी प्रतितोला ४० रुपैयाँ बढेर एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
मंगलबार चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो।


