इटहरी- यातायात व्यवस्था कार्यालय इटहरीबाट १७ बिचौलिया पक्राउ परेका छन्।
बुधबार दिउँसो प्रहरी टोलीले यातायात कार्यालय परिसरबाटै उनीहरूलाई पक्राउ गरेको हो।
बिचौलियाले अनावश्यक दुःख दिने गरेको गुनासोको आएपछि प्रहरी पुगेको थियो।
सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीसहितको टोली अनुगमनमा पुगेको थियो।
कार्यालयका महत्त्वपूर्ण कागजात नै लेखापढी केन्द्रसम्म लगी सेवाग्राहीसँग काम गरिदिने भन्दै मोलतोल गर्ने गरेको गुनासो प्रशासनसम्म पुगेको बताइएको छ।
उनीहरूले सवारी चालक अनुमतिपत्र चाँडै निकालिदिने भन्दै सेवाग्राहीसँग रकम असुली गर्ने गरेका छन्।
इलाका प्रहरी कार्यलय इटहरीका अनुसार पक्राउ परेकाहरूको विषयमा अनुसन्धान सुरु गरिएको छ।
प्रदेश सरकार मातहत रहेको यातायात कार्यालयमा सेवाग्राहीले अत्यधिक सास्ती पाउने गरेको जनगुनासो बढ्दो छ।


