काठमाडौँ- महालेखा नियन्त्रक कार्यालयले लेखातर्फका २६ उपसचिवको सरुवा गरेको छ। असोज ९ गते कार्यालयले सरुवा गरको हो।
राजस्व अनुसन्धान विभागका याम प्रसाद ढुंगानालाई संघीय मामिला मन्त्रालय लगिएको छ।
कोलेनिका सुन्धानका भूमिराज भुसाललाई एडीबी आयोजना निर्देशनालय पठाइएको छ।
यस्तै उपसचिवहरू शिवराम भट्टराई, युवराज आचार्य, जनार्दन बडाल, महेश कुमार दाहाल, बालकृष्ण अर्याल, भाष्कर शर्मालगायत सरुवा गरिएको छ।



