काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन (क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको छ।
पूर्वप्रधानमन्त्री तथा माओवादी अध्क्षल पुष्प कमल दाहालले उद्घाटन गरेर राष्ट्रिय सम्मेलन सुरू भएको हो।
नयाँ नेतृत्व चयनसहित शैक्षिक मुद्दामा केन्द्रित रहेर चार दिनसम्म सम्मेलन चल्नेछ।
त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा सुरू भएको राष्ट्रिय सम्मेलनना दुई हजार ३२३ प्रतिनिधि सहभागी हुने पार्टीले जनाएको छ।
पदाधिकारीसहित २४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ। नयाँ नेतृत्वका लागि यही असोज १३ गते मतदान हुनसक्ने पार्टीका सदस्यहरूले बताए।
सम्मेलन असोज १४ सम्म चल्नेछ। सम्मेलनमा मुख्य लडाइँ उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुन समूहबीच नै हुने देखिएको छ। पुन पक्षबाट दीपेश पुन अध्यक्षका आकांक्षी छन्। शर्मा पक्षका थुप्रै आकांक्षी भएपनि मदन भुललाई अध्यक्षमा उठाउने तयारी छ।
यसअघि पनि अध्यक्षका उम्मेदवारलाई बोलाएर पार्टी अध्यक्ष प्रचण्डले पञ्चा सिंहलाई अध्यक्ष बनाइदिएजस्तै यसपालि पनि उनले अध्यक्ष घोषणा गरिदिने हुन् कि भन्ने भय पनि विद्यार्थी नेताहरूलाई छ।














तस्बिर : नेपाल फोटो लाइब्ररी


