काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।
असोज १३ गते आइतबार दिउँसो २ बजे बैठक बोलाइएको कांग्रेस कार्यालयका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले जानकारी दिए।
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा पार्टी पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्य रहेका छन्।



