काठमाडौँ- खराब मौसमका कारण आज हवाई उडान प्रभावित भएको छ।
भिजिविलिटी कम भएकोले शुक्रबारका उडानहरू प्रभावित भएका हुन्।
धेरैजसो उडान समय सारेर पनि रद्द गरिएका छन्।
त्रिभुवन विमानस्थलबाट लुक्ला, सुर्खेत र भरतपुरका अहिलेसम्म भइसक्ने गरी तय भएका उडान रद्द गरिएका छन्।
भरतपुर र विराटनगरका उडान ढिलो भएका छन्।
जनकपुर र नेपालगञ्जका केही उडान रद्द गरिएका छन् भने केही उडान मौसमका कारण ढिलाइ भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ।
आजका लागि माउन्टेन फ्लाइट पनि रद्द भएका छन्।
अन्तर्राष्ट्रियतर्फका उडान भने नियमित छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर झरी पर्ने सम्भावना छ।


