काठमाडौँ– पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाएका छन्।
सचिवालयका अनुसार अविरल वर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रचण्डले सर्वदलीय बैठक डाकेका हुन्।
बैठक नेकपा माओवादी केन्द्रको कार्यालय सिंहदरबारमा आज बिहान १० बजे आह्वान गरिएको छ।


