काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक स्थगित गरेका छन्।
प्रचण्डले अविरल वर्षा, बाढी पहिरो र प्रकोपबाट परिस्थितिबारे छलफल गर्न बिहान १० बजे बैठक बोलाएका थिए। सरकारले पनि आह्वान गरेको थाहा पाएपछि स्थगित गरिएको सचिवालयले जनाएको छ।
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले भने १ बजे सर्वदलीय सर्वदलीय बैठक बोलाएका छन् ।


