काठमाडौं- आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ।
लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आइतबार भने ६ सय रूपैयाँले घटेको हो।
यसअघिको हप्ता सुन लगातार बढिरहेको थियो भने आज यस हप्ताको सुरूको दिनमा सुन घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला १ लाख ६० हजार ६ सय रूपैयाँ पुगेको छ।
शुक्रबार सुन प्रतितोला १ लाख ६१ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो।
यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला ६ सय रूपैयाँ कम हो।
असोज ३ गतेपछि लगातार बढिरहेको सुनको मूल्य १३ गते मात्र घटेको हो।
असोज ३ गते १ लाख ५५ हजार ६ सयमा कारोबार भएको थियो।


