काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाढीपहिरोबाट भएको क्षतिप्रति कटु टिप्पणी गरेको छ। आइतबार बसेको रास्वपा केन्दीय समितिको बैठकका निर्णयबारे जानकारी दिन प्रकाशन गरिएको विज्ञप्तिमा रास्वपाले कटुटिप्पणी गरेको हो।
‘दुई दिनको वर्षातले दुई तिहाईको सरकारको हैसियत देखाइ दिएको छ,’ रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाको हस्ताक्षर भएको विज्ञप्तिमा उल्लेख छ।
जोखिम छ भन्ने पूर्वसूचना हुँदाहुँदै पनि सरकारले संवदनाहीनता, असक्षमता र अकर्मण्यता देखाएको रास्वपाको ठहर छ ।
‘उद्धारकार्यमा यथोचित सक्रियता देखाइएको नपाइनाले सरकार आमजनताका जीवनप्रति संवेदनहीन रहेको तथ्य उजागर गरेको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘यो सरकार असंवेदनशील, अकर्मण्य, अक्षम, असफल सावित भएको छ।’
निर्णयबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा कावा प्रवक्ता झाले सरकारको ध्यान रवि, बालेन, हर्क, कुलमानहरुलाई लखेट्न मात्र रहेको उनले टिप्पणी गरे।



