काठमाडौं- नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक मंगलबार ११४ अंकले बढेको छ। सबै समूहमा हरियाली छाएपछि नेप्से परिसूचक ११४.७ अंकले बढेर २६२३.५६ अंकमा उक्लिएको हो।
सबैभन्दा धेरै वित्त समूह ९.७४ प्रतिशतले बढेको छ। त्यस्तै बैंक समूह ३.८२, विकास बैंक ५.४८, होटल ५.९७, जलविद्युत ५.९८, लगानी ६.१, जीवन बिमा ४.१२, उत्पादन २.१९, लघुवित्त ३.९८, म्युचुअल फन्ड १.६६, निर्जीव बिमा ३.०९, अन्य ४.६७ र व्यापार समूह ३.९९ प्रतिशतले उकालो लागेका छन्।
कारोबार भएका २४४ मध्ये २४३ कम्पनीको मूल्य बढेको छ भने युनिलिभरको मात्र घटेको छ। कारोबार रकममा पनि आज सुधार आएको छ । आज म्युचुअल फन्डसहित ३०७ कम्पनीको ७ अर्ब ६१ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको हो।
आज २१ वटा कम्पनीकी सेयर मूल्य सकारात्मक सर्किट लाग्दा १५ कम्पनीको सर्किट लेभलमा कारोबार भएको छ।


